काठमाडौं ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आकस्मिक रूपमा त्रिभुवन विमानस्थलमा पुगेका छन् ।
बुधबार अपरान्ह हवाई मार्ग हुँदै भित्रिएको एक सय केजी भन्दा धेरै सुन बरामद भएपछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ शुक्रबार बिहान त्रिभुवन विमानस्थल पुगेका हुन् ।
गृहमन्त्रीसँगै नेपाल प्रहरीका आईजीपी बसन्त कुँवर, भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी पनि विमानस्थल पुगेका छन् ।
ठूलो टोलीसहित पुगेका गृहमन्त्री श्रेष्ठ भन्सार विभागका उपसचिव नारद गौतमले ब्रिफिङ गरेका छन्। उनले सामान जाँचपास हुने क्षेत्र र जाँचपासको विधिसहित विषयमा ब्रिफिङ गरेका हुन्।