SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/४ गते
    ५३८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं।

    नेकपा एमालेले आगामी ११ औं राष्ट्रिय महाधिवेशनमा दश लाख पार्टी सदस्य पुर्‍याउने लक्ष्य लिएको दाबी गरेको छ । बिहीबार एमाले सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले एमालेका सङ्गठित सदस्य घटेको भन्ने प्रचारमा सत्यता नभएको बताएका छन् ।

    ‘पार्टीको मिसन एकाउन्न प्रतिशतका सन्दर्भमा प्रत्येक वडामा मतदाता सङ्ख्याको कम्तीमा तीन प्रतिशत सदस्य पुर्‍याउने र पार्टीको एघारौँ महाधिवेशनसम्ममा दश लाख गुणस्तरीय सदस्य लक्ष्यप्रति पार्टी सङ्कल्पका साथ लागिरहने छ’, सङ्गठन विभाग प्रमुख अधिकारीको दाबी छ ।

    प्रमुख अधिकारीले भनेका छन्, ‘२०७१ सालमा सम्पन्न भएको नवौँ महाधिवेशनमा २ लाख ५६ हजार ७७२ जना मात्रै पार्टी सदस्य थिए । तसर्थ नेकपा एमालेका सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता छैन ।’ एमालेले यो पटक पुराना पार्टी सदस्यको नवीकरण गर्नुका साथै नयाँ सदस्यता लिने पनि रहेको जनाएको छ ।

    नेकपा एमालेले पार्टी सदस्यहरूको नवीकरण असार मसान्तभित्र गरेको थियो । त्यसको विवरण र तोकिएको शुल्क तथा लेबी प्रदेश हुँदै केन्द्रमा आउने क्रम आरम्भ भइसकेको पनि एमालेले जनाएको छ ।

    ‘साउन पहिलो हप्ताभित्र सबै रिपोर्ट केन्द्रमा आइपुग्ने छ र दोस्रो हप्ताभित्र केन्द्रीय सङ्गठन विभागले प्रमाणीकरण गरेर सम्बन्धित प्रदेशहरूमा पठाउने छ’, एमालेले भनेको छ ।

    यसअघि एमालेले महाधिवेशनदेखि महाधिवेशनमा मात्रै सदस्यहरूको सदस्यता नवीकरण गर्दै आएको थियो । त्यसो गर्दा निष्क्रिय सदस्यहरूले पनि नवीकरण गर्ने अवसर पाउँथे ।

    यस पटक एमालेले योग्य सदस्यहरूको मात्र सदस्यता नवीकरण गरेको भन्दै दसौँ महाधिवेशनका बेला रहेको त्रुटिलाई पनि सच्याउन खोजिएको जनाएको छ ।

    ‘त्यतिबेला कायम भएका सदस्यहरूमा एकातिर एकीकृत समाजवादीतर्फ गएका सबै सदस्यहरूको नाम यथावत् कायम थियो भने अर्कोतिर नेकपा कालमा अनुचित ढङ्गले दिइएका सदस्यहरूको ठुलो सङ्ख्या पनि त्यसमा पर्न गएको थियो’, अधिकारीले भनेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

    हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक...

    मादी गाउँपालिकामा हुने सोँथर बेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

    पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम...

    संघको आयोजनामा निशुल्क आंखा शिविर बाट ४६८ जना लाभान्वित

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा...

    देवकुमारले जेलबाटै इमेज सहकारीका ५४७ जनासँग मिलापत्र गरे

    पर्वत । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ...

    कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं