SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/१ गते
    ७१० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं।

    हिमालय एयरलाइन्सले दोस्रोपटक आफ्नो जहाज विदेशी एयरलाइन्सलाई भाडामा दिएको छ। हिमालयले ‘वेट लिज’ मा जहाज पठाएको हो। वेट लिज भनेको जहाज भाडामा दिँदा पाइलट, कोपाइलट, एयरहोस्टेस, इन्जिनियरलगायत कर्मचारी पनि सँगै दिने प्रक्रिया हो।

    आगामी सेप्टेम्बरसम्मका लागि भाडामा दिइएको जहाज जुलाई १० मा ओमान पठाएको हिमालय एयरलाइन्स जनाएको छ। हिमालयले ‘एयरबस–३१९’ सिरिजको दर्ता नम्बर ‘९ एन–एजेके’ जहाज भाडामा पठाएको हो।

    १ सय ४४ सिट क्षमतायुक्त उक्त जहाज तीन महिनाका लागि भाडामा पठाएको हुनाले अहिलेका लागि एयरलाइन्सको लोगो भने परिवर्तन गरिएको छैन। जहाज सञ्चालनका लागि पनि हिमालयले नै कर्मचारी व्यवस्थापन गरिदिएको छ। हिमालयका एक अधिकारीका अनुसार जहाजमा तीन महिनासम्म पाइलट, कोपाइलट, एयरहोस्टेस, इन्जिनियरसहित ३५ कर्मचारी पनि पठाएको छ।

    नेपालमा बर्खायाम सुरु भएपछि यात्रु नपाउने भएकाले तत्कालीन अवस्थामा जहाज त्यतिकै राख्नुभन्दा भाडामा पठाएको हिमालयले जनाएको छ। नेपालबाट भाडामा पठाउने एयरलाइन्स हिमालयमात्र हो। त्यसैले नेपालमा यो चलन नयाँ भए पनि विदेशमा भने भाडामा निश्चित समयका लागि लिएर चलाउने चलन पुरानै हो।

    ओमानबाट सञ्चालित सलाम एयरलाई २०७६ सालमा पनि भाडामा पठाउने तयारी गरेको थियो। तर, अन्तिम समयमा कुरा नमिलेपछि भियतनामको बेम्बो एयरजेवजाई एक वर्षका लागि भाडामा पठाएको थियो। त्यो बेला भने हिमालयले आफ्नो जहाजको लोगोसमेत परिवर्तन गरेको थियो।

    हिमालयसँग हाल चारथान जहाज छन्। तीमध्ये तीन एयरबस ३२०–२१४ (१ सय ८० सिट) र एक एयरबस ३१९–११५ (१ सय ४४ सिट) छन्। हिमालयले हाल युनाइटेड अरब इमिरेट्स (युएई), मलेसिया, कतार, साउदी अरब, कुवेत, बंगलादेश र चीनमा यात्रुवाहक उडान गरिरहेको छ । https://www.capitalnepal.com/बाटसाभार

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

    हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक...

    मादी गाउँपालिकामा हुने सोँथर बेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

    पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम...

    संघको आयोजनामा निशुल्क आंखा शिविर बाट ४६८ जना लाभान्वित

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा...

    देवकुमारले जेलबाटै इमेज सहकारीका ५४७ जनासँग मिलापत्र गरे

    पर्वत । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ...

    कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं