SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/१ गते
    ५६७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, ।

    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित् मन्त्री मोदीको कार्यकक्षमा भएको भेटका क्रममा मन्त्रालय र काठमाडौं महानगरबीचको सहकार्य र समन्वयका सन्दर्भमा कुराकानी भएको मन्त्री मोदीको सचिवालयले जनाएको छ ।

    मेयर शाहले काठमाडौं महानगरका जग्गा प्राप्तिसम्बन्धी समस्या, फोहोरमैला व्यवस्थापनसम्बन्धी देखिएका समस्या र तर्जुमा भइरहेको कानुनका सन्दर्भमा चासो राखेका थिए ।यस्तै, मन्त्री मोदीसँग मेयर शाहले काठमाडौं महानगरभित्र संघीय सरकारमार्फत् गर्नुपर्ने सहयोग र समन्वयका लागि आग्रह गरे ।

    जवाफमा मन्त्री मोदीले आवश्यक छलफल गरेर समस्या समाधानको दिशामा अगाडि बढ्ने बताए । मन्त्री मोदीले फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुन निर्माणको क्रममा रहेकाले त्यसमाथि महानगरले आवश्यक सुझाव दिन पनि आग्रह गरे ।

    “काठमाडौं महानगरपालिकाका लागि संघीय सरकार र हाम्रो मन्त्रालयमार्फत् गर्नुपर्ने समन्वय र सहकार्य गर्न हामी हामी तयार छौँ” मन्त्री मोदीले भने, “तपाईले अहिले राख्नुभएको समस्यामाथि आवश्यक छलफल गरेर हामी समाधानको दिशामा अगाडि बढ्छौँ ।”

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं