SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/३/३१ गते
    १०१५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अहिले आफूमातहतका कर्मचारीहरू कार्यालयमा आएरनआएको विषयमा छड्के गर्ने र नआएको पाइए हाजिरी कापीमा रातो घेरा लगाउने होडबाजी नै चलेको छ । त्यही होडबाजीले मन्त्रीरसचिवबीच विवाद पनि हुने गरेको छ।

    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले बिहीबार दिउँसो साढे ३ बजेतिर छड्के जाँच गर्दा अनुपस्थित रहेको पाइएपछि मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र सहसचिव स्किम श्रेष्ठको हाजिरी कापीमा रातो घेरा लगाइदिएका छन् ।

    मन्त्री मोदी त्यस दिन अकस्मात् सचिव पुष्कर र मन्त्रालयका चार सहसचिवको कार्यकक्षमा छड्के गर्न पुगेका थिए । त्यतिबेला पुष्कर र श्रेष्ठ आफ्नो कार्यकक्षमा थिएनन् । त्यसपछि तत्कालै मन्त्री मोदीले दुवैको हाजिरी कपीमा रातो घेरा लगाइदिएका हुन् ।

    मन्त्री मोदीका स्वकीय सचिव ताजिम अन्सारीका अनुसार सचिव र एक सहसचिवमन्त्रीलाई जानकारी नगराई मन्त्रालयबाट बाहिर गएकाले छड्के गरिएको थियो । ‘कमसेकम सचिव र सहसचिव मन्त्रालय बाहिर जानुपरे मन्त्रीज्यूसँग सहमति लिनुपर्ने वा जानकारी गराउनुपर्ने हो । यस्तो परम्परा बसोस् भन्ने उद्देश्यबाट मन्त्रीज्यूले सचिव र सहसचिवको हाजिरी कापीमा रातो घेरा लगाउनुभएको हो,’ अन्सारीले भने, ‘बिहीबार साढे ३ बजेदेखि सचिव र सहसचिव श्रेष्ठ कार्यकक्षमा हुनुहुन्नथ्यो ।’

    मन्त्री मोदीको सचिवालयमा कार्यरत अर्का एक कर्मचारीले जानकारी नगराई गका सचिव पुष्कर रेका हुन् । कृष्णहरि पुष्कर, सचिव माथिल्लो तहका कर्मचारीहरूले विभागीय मन्त्रीलाई नटेर्ने प्रवृत्ति मौलाएको र त्यसको अन्त्य हुनुपर्नेमा जोड दिए ।आजको नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं