विराटनगर ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई छाती खोलेर अंगालो हालेर एमालेमा स्वागत गर्न तयार रहेको बताएका छन्।
बिहीबार मुख्यमन्त्री कार्कीलेब प्रदेशसभामा विश्वासको मत राख्ने छलफलको क्रममा उठेको प्रश्नमाथि उठेको प्रश्नलाई जवाफ दिने क्रममा यस्तो बताएका हुन्।
बिहिबार राईले एमालेले सपनामा पनि एमालेको भाषण गर्ने गरेको भनेका थिए। उनले एमालेले कमीकमजोरी सच्याएर जान खोजे समर्थन गर्न तयार रहेको समेत बताएका थिए। मुख्यमन्त्री कार्कीले विद्यार्थी राजनीतिमा लामो समय सँगै बसेर काम गरेको सम्झना गर्दै भने, ‘राजेन्द्र जि ले हिजो भन्दै हुनुहुन्थ्यो, सपनामा पनि एमालेलाई देख्छु।
आउनुहोस्! छाती खोलेर, अंगालो हालेर एमालेमा स्वागत गर्न चाहन्छु।’ एमालेमा राईको अभाव महसुस भएको बताउँदै उनले एमालेमा असहजको वातावरण हुन नदिने समेत बताए।