SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/३/२७ गते
    १८७३ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु, ।

    वैशाखमा श्रीमान् गुमाएपछि लाऔंलाऔं खाऔंखाऔं उमेरका दुई छोरा हुर्काउनुपर्ने चुनौती गीतालाई आइप¥यो । सामान्य आर्थिक अवस्थाकी गीतालाई एकातिर अल्पायुमै श्रीमान् गुमाउँदाको पीडा थियो, अर्कोतिर हुर्कंदै गरेका छोराको भविष्यले पिरोलिरहन्थ्यो ।

    नौ वर्षका प्रदीप र १२ वर्षका दीपकलाई हजुरबुबा र हजुरआमाको साथमा छाडेर गीता रोजगारीको सिलसिलामा दुबई पुगिन् । दुबई गएको एक महिना नपुग्दै फेरि उनलाई अर्को ठूलो बज्रपात परेको छ । बुद्धभूमि नगरपालिका–१ कपासी घरमा हजुरआमासँगै सुतेका उनका दुई छोराको सर्पले डस्दा मृत्यु भएको छ ।

    सोमबार राति करिब ११ बजे टाउको दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने भएपछि घरेलु प्रविधिबाट उनीहरूको उपचार थालिएको थियो । तर, केही सुधार नभएपछि गोरुसिंगेस्थित बुद्ध पोलिक्लिनिक लगियो । त्यसबेलासम्म बिहानको ४ बजिसकेको थियो । स्थानीय सुमन बन्जाडेका अनुसार, पोलिक्लिनिकले आफूले नसक्ने भन्दै तुरुन्त बुटवल लैजान सुझाव दियो ।

    त्यसपछि दुवै जनालाई उपचारका लागि बुटवल लुम्बिनी प्रादेशिक अस्पताल पु¥याइयो । त्यहीँ दुवै जनाको मृत्यु भयो । मृत्यु भइसक्दासम्म बच्चाको परिवारलाई सर्पले डसेको थाहा थिएन । दुवै जना पारिजात बोर्डिङ स्कुल गोरुसिंगेमा अध्ययन गर्दै आएका थिए । अस्पतालको रिपोर्टमा सर्पदंशको कारण मृत्यु भएको टिपोर्ट भएको कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए ।

    दुवै जनालाई गोमन सर्पले डसेको हुन सक्ने बताइएको छ । पेट दुख्ने, थुक निल्न गारो हुने, आँखा खोल्न अप्ठ्यारो हुने, शरीर दुख्नेजस्ता लक्षण सर्पको डसाइको हुने भएकाले त्यस्तो देखिएमा सर्पदंश उपचार केन्द्रमा जानुपर्ने भण्डारीले बताए । हजुरआमा वसन्ता भुसालले घरबाट पाँच किलोमिटरको दूरीमा सर्पदंश उपचार केन्द्र रहे पनि आफूहरूलाई सर्पले डसेको थाहा नभएको बताइन् ।

    श्रीमान् बितेको तीन महिना पनि पुगेको छैन । यिनै छोराहरूको भविष्यका लागि दुबई गएको बेला तिनै छोराहरूले पनि अकालमा ज्यान गुमाउनुपरेको अवस्था छ । उता, मृतकका हजुरआमा वसन्तालाई अहिले सर्पदंश उपचार केन्द्र भर्ना गरिएको छ । उनको अवस्था सामान्य रहेको भण्डारीले जानकारी दिए । राजधानी दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    खेलकुद महोत्सवमा आयोजित अन्तर जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि,स्याङ्जालाई

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सास्कृतिक महोत्सव पर्वतमा सम्पन्न अन्तर जिल्ला स्तरीय...

    कुश्मामा आज बद्री पंगेनीले आफ्नो प्रस्तुती राख्ने, तिम्रो राशी तुला पर्यो

    पर्वत । कुश्मामा जारी गण्डकी प्रदेश स्तरीय खेलकुद महोत्सवमा आज लोकगायक बद्री पंगेनीले आफ्नो प्रस्तुती...

    मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने

    शिशिर, पोखरा। पोखराको बाटुलेचौरमा मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । पोखराकै अग्रणी...

    काँक्रोको बीउ उत्पादन गरेर छ करोड रुपैयाँ आम्दानी

    पर्वत। जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर रु छ करोड आम्दानी गरेका...

    “पर्वतमा एचपिभि खोप लगाउन शुरु”

    पर्वत । पर्वतमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभि खोप लगाउन शुरु भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं