SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/३/२२ गते
    १५२० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ:

    सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले गाँजा, सनपार्ट तथा लोक्ता खेतीगर्ने कृषकहरूलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट मार्फत आन्तरिक नियमन गर्ने गरी औषधी तथा कपडा उत्पादनमा प्रयोग हुने गाँजा, सनपार्ट तथा लोक्ता उत्पादक कृषकलाई अनुदान उपलब्ध गराउने कार्यक्रम कार्यान्वयन भएको प्रशासकीय अधिकृत राम प्रसाद शर्माले जानकारी दिए ।

    उनले भने, ‘इन्द्रावतीका विभिन्न स्थानमा औषधी र कपडा उत्पादनका लागि गाँजा, सनपार्ट तथा लोक्ता उत्पादन हुने गरेको छ । गाँजा प्रयोगमा पालिकाले प्रत्याहन दिन खोजेको होइन । गाँजाबाट बन्ने कपडा उत्पादनमा वृद्धि गर्न पालिकाले कृषकहरूलाई प्रोत्साहन उपलब्ध गराउने तयारी भएको हो ।’

    इन्द्रावती गाउँपालिकाले आगामी आर्थिक वर्षमा सो कार्यक्रमसँगै वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई उद्यमशीलतामा जोड्न सहुलियत ऋणसँगै उद्योग दर्ता शुल्क समेत मिनाहा गर्ने कार्यक्रम बजेटमा समावेश गरिएको प्रशासकीय अधिकृत शर्माले बताए ।

    विदेशबाट फर्किएका युवाहरूलाई शैक्षिक प्रमाण पत्रका आधारमा ५ लाख रुपैयाँसम्म सहुलियत ऋणको दिने व्यवस्था गरिएको उनले बताए । पालिकाले सामूहिक खेती, कृषकहरूलाई उत्पादनमा आधारित भई अनुदान वितरण, दुग्ध उत्पादक कृषकका लागि प्रति लिटर ४ रुपैयाँ अनुदान, एक वडा एक उत्पादन, एक वडा एक नर्सरी, एक वडा एक अग्र्याकिन कृषि फर्म, पशु तथा कृषि बाली बिमा लगायतका कार्यक्रम कार्यान्वयन गर्ने उनको भनाई छ । रातोपाटी बाटसाभार

    प्रतिकृया दिनुहोस्

    Loading...

    नवौं पोखरा स्पोर्टस् अवार्डको तयारी सुरु, १२ विभिन्न उपसमिति गठन

    पोखरा । नवौं संस्करणको ‘पोखरा स्पोर्टस्’अवार्ड २०८१’ को तयारीमा तीव्रता दिइएको छ । आगामी बैशाख...

    गण्डकीका मन्त्री थापाद्वारा एसईई परीक्षा केन्द्रहरूको अनुगमन

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले आजदेखि सुरु भएको...

    छोरेपाटनको दुर्गा मन्दिरमा कोटी दिप प्रज्ज्वलन

    पोखरा । कास्की जिल्लाको पोखरा–१७, छोरेपाटनमा अवस्थित दुर्गा मन्दिर व्यवस्थापन समितिको आव्हानमा यही चैत्र २३...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं