SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/३/२१ गते
    ४८९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं।

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले एक वर्षमा पाँच हजारलाई रोजगारी दिने घोषणा गरेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दे यस्तो घोषणा गरेका हुन्। यस्तै उनले परम्परागत पेय पदार्थलाई ब्रान्डिङ गरेर निर्यात गर्ने लक्ष्य नीति तथा कार्यक्रम गर्ने घोषणा गरेका हुन्।

    त्यस्तै, मेयर शाहले आगामी आर्थिक वर्षमा महानरभित्र १ लाख वृक्षारोपण गर्ने, सबै सडक पक्की गर्ने, खाल्डाखुल्डीरहित काठमाडौं शहर निर्माण गर्ने घोषणा गरेका छन् । काठमाडौंको नीति तथा कार्यक्रम अहिले राष्ट्रिय सभाहलमा मेयर बालेनले प्रस्तुतीकरण गरिरहेका छन् ।

    यो पनि: काठमाडौं महानगरमा साउनदेखि ४० माइक्रोनभन्दा पातला प्लास्टिक प्रतिबन्ध, काठमाडौं महानगरपालिकाले यही साउन १ देखि ४० माइक्रोनभन्दा पातला प्लास्टिकमा प्रतिबन्ध लगाइने भएको छ ।

    मेयर बालेन्द्र शाहले बुधबार आगामी आर्थिक वर्ष २०८०।८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै एकल प्रयोगको प्लास्टिकलाई निषेध गर्ने, प्लास्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातमा समेत रोक लगाउने जानकारी दिएका हुन् ।

    ‘संवत् २०८० श्रावण १ गतेबाट एकल प्रयोगको प्लास्टिकलाई निषेध गर्ने, प्लास्टिकको फूलगुच्छा उत्पादन, विक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लास्टिकको झोलाको प्रयोगलाई महानगर क्षेत्रमा प्रतिबन्ध लगाइनेछ र यसको कार्यान्वयनलाई प्रभावकारी बनाइनेछ,’ नीति, कार्यक्रममा उल्लेख छ ।

    यस्तै महानगरको फोहर व्यवस्थापनमा रहेको लामो समयदेखिको अन्योलतालाई अन्त्य गरी आगामी आर्थिक वर्षभित्र ठोस योजना सहित दिगो समाधानको कार्य प्राथमिकताका साथ कार्यान्वयन गरिने छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं