काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य सन्दीप लामिछानेले विश्वकप छनोट खेल्ने पक्का भएको छ। मुद्दाको सैफलामा अदालतले ढिलाई गरेपछि सन्दीपले जिम्बाबेमा हुने विश्वकप छनोट खेल्ने–नखेल्नेमा अन्योल सिर्जना भएको थियो। आइतबार अदालतले सन्दीपविरुद्ध लागेको मुद्दाको अर्को पेशी असार २९ का लागि तोकेपछि उनले विश्वकप छनोट खेल्ने पक्का भएको हो।
अदालतको यस्तो निर्णयसँगै नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई भोलि नै दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ। नेपाली टिम भने गत मंगलबार नै दक्षिण अफ्रिका गएको थियो । सन्दीप भने मुद्दाका कारण रोकिएका थिए । प्रत्येकपटक पेशी तोकिएको २१ दिनभित्र अनिवार्य अदालत उपस्थित हुनुपर्ने प्रावधानका कारण सन्दीप टिमसँगै जान पाएका थिएनन्।