SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१२/२५ गते
    ९९८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । बेलाबेला विवादास्पद फेसबुक स्टाटस र प्रतिक्रिया दिइरहने काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आज संघीय सरकारमाथि खनिएका छन् ।

    सरकारले आफूलाई असहयोग गरेको बताउँदै आएका साहले सरकारमाथि पटक-पटक कडा टिप्पणी गर्दै आएका छन् । त्यसै क्रममा उनले आज बिहान आफ्नो फेसबुक पेज र एकाउन्टमा फरकफरक टिप्पणी गरेका छन् ।

    आज बिहानै फेसबुक पेजमार्फत सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका मेयर साहले फेसबुक एकाउन्टमा अर्को स्टाटस लेख्दै नेपालको सरकार भारत र चीनले बनाउने गरेको आरोप लगाएका छन् ।

    ‘इन्डियार चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन म’, उनले प्रश्न गरेका छन्, नेपाल स्वाधीन कहिले हुने ?’ मेयर साहले आफ्नो अस्तित्व कहिले बनाउने भन्दै प्रश्नसमेत गरेका छन् ।

    काठमाडौं महानगरपालिकाले शुक्रबार गैरीगाउँस्थित सुकुमबासी बस्तीमा डोजर चलाउने प्रयास गरेको थियो । तर, सफल भएन । केन्द्र सरकारको असहयोग भएको मेयर बालेनको बुझाइ छ । यसअघि रवि लामिछाने गृहमन्त्री हुँदासमेत यस कार्यलाई तत्काल सहयोग गर्न नसकिने बताएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं