SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/११/१७ गते
    ३७३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमसँग भेट गरेका छन्। बुधबार दिउँसो गौतम निवास पुगेर अध्यक्ष ओलीले भेट गरेका हुन्। भेटमा उनले गौतमलाई पुरानै घरमा फर्किन आग्रह गरेका छन्। ‘एकता अभियानका साथीहरू लिएर पुरानै घरमा फर्किनुस्। एमाले तपाईंले बनाएको पार्टी हो। मिलेर अगाडि बढ्नुपर्छ,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एक नेताले भने।

    जवाफमा गौतमले २०७८ सालमा चितवनमा भएको पार्टीको १०औँ महाधिवेशनले ल्याएको ७० वर्षे उमेरहद हटाउनुपर्ने माग गरेका थिए। उनले उमेर हदमा करेक्सन भए आफूहरू आउन तयार रहेको बताएका थिए।‘हामी सबै वामपन्थीहरूलाई एक बनाउने अभियानमा लागेका छौँ। यसलाई निरन्तरता दिँदै एमालेको विधान संविधानविपरित छ। ७० वर्षे उमेरको हद हटाउनुपर्छ। यसमा करेक्सन हुन्छ भने आउन सक्छौँ,’ गौतमको भनाई उद्धृत गर्दै गौतम निकट एक नेताले थाहाखबरसँग भने।

    अध्यक्ष ओलीले विधानमा रहेको त्रुटिहरुलाई सच्याउन आफू तयार रहेको जवाफ दिएका थिए। उनले राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवास चन्द्र नेम्वाङलाई सहयोग गर्न आग्रह गरेका थिए। गौतमलाई उनले आफ्ना चेलालाई राष्ट्रपतिमा विजयी गराउन आग्रह गरेका हुन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं