SuchanaKendra

  • Radio Kushum


    सातौं पर्बत महोत्सव पुरुष भलिबल:-बिहादी गाउँपालिका लाई हराउदै गल्कोट नगरपालिका सेमिफाइनलमा प्रबेश

    भोली पहिलो क्वाटरफाइनल खेल:- कुश्मा नगरपालिका बिरुद्ध मोदी गाउँपालिका बीच बिहान ८:०० बजे र दोस्रो फलेबास नगरपालिका विरुद्ध गल्कोट घुम्टे बिच बिहान ९:३० मा हुने छ ।

    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१०/१८ गते
    १५५ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द,पर्बत । ७ औ पर्बत महोत्सवको आज आठौ दिनमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा दोस्रो क्वाटरफाइनल खेल बिहादी गाउँपालिका र गल्कोट नगरपालिका,बाग्लुंग बीच भएको निकै प्रतिस्पर्धात्मक खेलमा गल्कोट नगरपालिका ३-० को सोझो सेटमा बाजी मार्यो ।खेल निकै प्रतिस्पर्धात्मक भएको थियो । बेस्ट अफ फाईपमा भएको खेलमा गल्कोट नगरपालिका,बाग्लुंग पहिलो सेट २५-१७ ले जित्यो भने दोस्रो सेट २८-२६ ले जित निकाल्दा तेस्रो सेट पनि २५-१६ ले जित हासिल गर्दै  सेमिफाइनलमा प्रबेश गर्न सफल भयो ।

    नकआउट चरण मा खेलईने उक्त प्रतियोगितामा प्रथम हुनेलाई सर्बाधिक पुरस्कार २,००,०००/ (दुईलाख , सिल्ड मेडल र प्रमाणपत्र) दोश्रो लाई १,००,०००/ (एकलाख, सिल्ड मेडल र प्रमाणपत्र) तृतीय हुने लाई नगद ३०,०००/ (तिस हजार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र) र सान्त्वना  टिमलाई पनि ३०,०००/ (तिस हजार, सिल्ड मेडल र प्रमाणपत्र) रहेको छ । प्रतियोगिता सफाल बनाउन जिल्ला खेलकुद विकास समिति,पर्बत र जिल्ला भलिबल संघ पर्बतले पनि व्यवस्थापनमा सहयोग गरेको खेल संयोजक शेरबहादुर चोचाङ्गीले हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मिटरब्याज पीडितलाई सरकारले छलकपट गरिरहेको छ : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुलाई सरकारले छलकपट गरिरहेको बताएका छन् ।...

    उपचुनावअघि नै रवि लामिछाने सरकारमा जान खोज्दैछन् ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रालय भागबण्डा मिलाउन सकस परेको छ । १० दलीय...

    आर्थिक संकटबाट पार लगाउन नसक्ने भए सिंहदरबार जानुपर्दैन : धनराज गुरुङ

    हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक ठुलो आर्थिक संकटको डिलमा उभिएको बताएका छन्...

    माओवादी बैठकपछि सचिव पौडेल : पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।...

    अर्थमन्त्रीको प्रस्ताव प्रधानमन्त्री र सभापतिबाट आएको छैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं