SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१०/१५ गते
    ४९४ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द, पर्बत। “समृद्ध पर्बत हामी पर्बतबासीको चाहना,कृषि,पर्यटन र उधमशिलता हाम्रो प्रस्तावना”  भन्ने मूल नाराका साथ पर्वत उधोग वाणिज्य संघ को मुख्य आयोजना मा यहि माघ ११ गते देखि २१ गतेसम्म सन्चालन हुने गण्डकी प्रदेश स्तरिय औधोगिक व्यापार मेला तथा ७ औ पर्बत महोत्सवमा पालिका स्तरीय पुरुष भलिबल खेल आज बाट शुरु भएको छ । कुश्मा बजारको बढागाँउ चौरमा भएको भलिबल खेलको उद्घाटन कुश्मा नगरपालिका का मेयर रामचन्द्र जोशी ले रेफ्री लाई बल हस्तान्तरण गरेर उद्घाटन गर्नु भएको थियो भने विशिष्ट अथिति फलेबास नगरपालिकाका उपमेयर शोभा क्षेत्रीको पनि उपस्थित रहेको थियो ।

    पालिका स्तरीय भलिबल खेलको पहिलो उद्घाटन खेलमा काठेखोला गाउँपालिका र पकुवा, पर्बत बीच भएको निकै रोमान्चक खेलमा काठेखोला गाउँपालिका बिजयी भएको छ । काठेखोला गाउँपालिकाले  पकुवा, पर्बत लाई पहिलो सेट २५-१६ , दोस्रो सेट २५-१४ र तेस्रो सेट २५-१९ को सोझो सेटमा  हराउदै बिजयी भएको हो । बेस्ट अफ फाईप नकआउट चरण मा खेलईने उक्त खेलमा प्रथम हुनेलाई सर्बाधिक पुरस्कार २,००,०००/ (दुईलाख , सिल्ड मेडल र प्रमाणपत्र) दोश्रो लाई १,००,०००/ (एकलाख, सिल्ड मेडल र प्रमाणपत्र) तृतीय हुने लाई नगद ३०,०००/ (तिस हजार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र) र सान्त्वना  टिमलाई पनि ३०,०००/ (तिस हजार, सिल्ड मेडल र प्रमाणपत्र) रहेको छ । पुरुस भलिवलमा १५ टिम भएको खेल संयोजक शेरबहादुर चोचाङ्गीले हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं