SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/६/२० गते
    ४६८ &#२३४६;&#२३३५;&#२३२५;

    मकवानपुर । बारामा विहीबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु भएका १६ मध्ये १४ जनाको सनाखत भएको छ । मकवानपुरका प्रहरी प्रमुख वामदेव गौतमका अनुसार सनाखत हुनेमा बारा कलैया-२ का अन्दाजी ४०/४१ वर्षीय लिलाराज चौधरी, चितवन खैरहनी-५ बुडौलीका अन्दाजी ६३ वर्षीया नन्द कुमारी पुडासैनी र चितवनन कालिना नगरपालिका रमाइलोचोकका अन्दाजी १४/१५ वर्षीय सफल कँडेल रहेका छन् ।

    त्यस्तै, वीरगञ्ज-१६ का ६५ वर्षीय सोमप्रसाद चौरासिया, ३५/३६ वर्षीया मन्निदेवी चौरासिया र १९/२० वर्षका स्वस्तिका श्रेष्ठ, बारा कलैया-१० बस्ने अन्दाजी ३५-३६ वर्षीय नाजलिन खातुन, बारा जितपुर सिमरा-२२ का २८ वर्षीय सुरेश बिक, बारा कलैया-१० का अन्दाजी २५ वर्षीय इजाजत अन्सारी र ओखलढुंगाका लालबहादुर बोगटीको पनि सनाखत भएको छ ।

    गौतमका अनुसार चितवन खैरेनी-५ का ३५ वर्षीय मनोरथ पुडासैनी, गोर्खाका ३५ वर्षीया अम्बिका कँडेल र जनकपुर उप महा नगर पालिका- ५ का ५० वर्षीय सन्तोष कुमार यादवको सनाखत भएको छ भने हेटौंडा अस्पतालमा रहेका २ मृतकको पहिचान खुल्न सकेको छैन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं