SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/४/९ गते
    ७०४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत,  । माटो नै नरहे मानिसको अस्तित्व नै नरहने भन्दै ‘माटो जोगाऔं’ अभियानमा लागेका अभियान्ता नविन पुन आज पर्वतमा आईपुगेका छन् । ३५ सय किलो मिटर दौडकासाथ सातवटै प्रदेशमा पुग्ने अभियान थालेका पुनले सोमवार सदरमुकाम कुश्मामा ‘माटो जोगाऔं’ अभियानबारे पत्रकार सम्मेलन गरेका हुन् ।

    पत्रकार सम्मेलनमा बोल्दै अभियान्ता पुनले प्रकृति संरक्षण गर्ने तर्फको सबैभन्दा महत्वपूर्ण पक्ष माटो भएको र माटोको विनास रोक्न नसके यो धरती र मानिस सहायक नहुने हुँदा माटो जोगाउनु अनिवार्य रहेको बताए ।

    पुनले माटोलाई पुन जिवन्त बनाउनका लागि जागरुकता बढाउन, सरकारी नीतिहरु बनाउन सहयोग गर्न भारतीय ६५ ६५ बर्षिय सद्गुरुले एकसय दिनमा विश्वको ३० हजार किलोमिटर यात्रा सुरु गर्न लागेको र सोही अनुरुप आँफु पनि माटो जोगाऔं अभियानमा लागेको बताए ।

    माटो नजोगाउने हो भने पद प्रतिष्ठा र पैसाले मानव जीवन नबाँच्ने भन्दै अभियान्ता पुनले जेठ ३० गते काठमाण्डौबाट अभियानको सुरुवात गरेको बताए ।

    आज ४३ औं दिन हो दौडेर गरिएको यो अभियान निकै कष्टपूर्ण छ उनले भने ‘दौडका क्रममा गर्मी, चिसो र परिश्रमले शारीरिक रुपमा कष्टकर अभियान भएपनि माटो जोगाऔं अभियान दौडेर सातवटै प्रदेशमा पु¥याउने हो ।’

    अभियान सफल बनाउन आर्थिक व्यवस्थापन कसरी र कहाँबाट गर्नुभएको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले आफ्नो अभियानमा व्यक्तिगत तथा विभिन्न संघ संस्था तथा नगरपालिकाहरुले स्वेच्छिक रुपमा सहयोग गरेको जानकारी दिए ।

    पत्रकार सम्मेलनमा बोल्दै अभियान्ताका सहयोगी सनम लिम्बुले माटो जोगाउनका निमित्त ७४ वटा देशले सरकारी रुपमै नीतिगत रुपमा काम थालिसकेको बताए । माटो जोगाऔं अभियानमा विश्व नै लाग्नुपर्ने आवश्यकता रहेको लिम्बुको भनाई थियो । माटो जोगाऔं अभियान अन्र्तगत आज पर्वतमा भएको पत्रकार सम्मेलनको सञ्चालन सुचनाकेन्द्र डटकममा प्रधान सम्पादक सञ्चारकर्मी बैकुण्ठ गिरीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं