SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१/५ गते
    १०३६ &#२३४६;&#२३३५;&#२३२५;

    स्याङ्जा । यहाँको वालिङ–१२ डाँडाखर्क फिरफिरेमा जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ–१२ डाँडाखर्कका ५० वर्षीय अङ्गबहादुर डालाको उपचारका क्रममा आज बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको सङ्ख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पदमराज थापाले जानकारी दिनुभयो ।

    अन्य पाँचजनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । दुर्घटनामा परी मृत्यु हुने सबै एउटै गाउँका हुन् । मृत्यु हुने र घाइते हुने सबै एउटै गाउँका भएका कारण अहिले गाउँ शोकमा डुबेको छ । वालिङ नगरपालिका–१२ डाँडाखर्कबाट बायँटारी आउँदै गरेको ग१ज ७३९९ नंको जीप आइतबार बिहान फिरफिरेमा दुर्घटनामा परेको थियो । जीप ग्रामीण कच्ची सडकबाट झन्डै दुई सय मिटर तल खसेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं