SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१२/२४ गते
    ५३४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ — काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–२ भंगालका ४० वर्षीय सन्तोष विक २१ पुसमा पक्राउ परे । मदिराले मातेका उनी अघिल्लो रात छिमेकको एक टहराभित्र छिरेका थिए । त्यसपछि उनले सुतिरहेका ७ र ६ वर्षका बालबालिकालाई खाटबाट तानेर संवेदनशील अंग चलाउन थाले । बालबालिकाकी आमाले देखेपछि भागेका सन्तोषलाई प्रहरीले घटनाको भोलिपल्ट पक्राउ गर्‍यो ।

    १२ पुसमा बुढानीलकण्ठ–५ स्थित डेराबाट २८ वर्षीय विनोद चौधरी समातिए । उनीमाथि एक युवतीलाई गाँजा र चरेस खुवाएर अर्धचेत बनाई जबर्जस्ती करणी आरोपमा जाहेरी परेको थियो । त्यस्तै, १० पुसमा बुढानीलकण्ठ–४ पसिकोटबाट २१ वर्षीय लाक्पा शेर्पा पक्राउ परे । उनीमाथि एक महिलालाई घरेलु मदिरा सेवन गराएर अचेत पारी जबर्जस्ती करणी गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

    यी तीनै घटना काठमाडौंको सहरोन्मुख काँठ क्षेत्र मानिने बुढानीलकण्ठमा भएका हुन् । पुसयताका चार महिनामा महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठले ६ जनालाई जबर्जस्ती करणी र जबर्जस्ती करणी उद्योगमा पक्राउ गरेको छ । पक्राउ परेका ६ मध्ये तीन घटनामा मादक पदार्थको प्रयोग भएको देखिन्छ । त्यसो त प्रभागले १६ पुसमा बुढानीलकण्ठ–३ नारायणस्थानबाट ४५ वर्षीय जगदीश प्रजापतीलाई पक्राउ गरेको थियो । उनीमाथि पनि एक महिलामाथि जबर्जस्ती करणी प्रयास गरेको आरोप छ । त्यस्तै, २५ पुसमा बुढानीलकण्ठ–६ हात्तीगौडास्थित टनगाउँबाट २४ वर्षीय विजय नगरकोटी पक्राउ परे ।

    उनीमाथि एक किशोरीलाई ललाईफकाई फुपूको घरमा लगेर जबर्जस्ती करणी गरेको आरोपमा महानगरीय प्रहरी वृत्त जगातीले समातेको थियो । ४ चैतमा भने प्रहरीले बुढानीलकण्ठ–८ भंगालबाट २७ वर्षीय राजेन्द्र नेपालीलाई पक्राउ गर्‍यो । स्थानीय रुटमा चल्ने सार्वजनिक बसमा सहचालकको काम गर्ने उनीमाथि नाबालिकालाई फकाईफुल्याई बसभित्र लगेर जबर्जस्ती करणी गर्न खोजेको आरोप छ ।

    मादक पदार्थको प्रयोग भएका र नभएका गरी ६ घटनामध्ये सबैजसो घटनाका आरोपित मजदुरी पृष्ठभूमिका छन् भने धेरैजसो पीडित पनि सोही पृष्ठभूमिका देखिन्छन् । काठमाडौंको एउटा भेगमा चार महिनामा भएका जबर्जस्ती करणी र करणी उद्योगका यी ६ घटनाले यौन हिंसाको जोखिममा कति धेरै बालबालिका र महिला छन् भन्ने मात्रै बुझाउँदैन, सहरी क्षेत्रमा बढिरहेको अपराधलाई पनि दर्शाउँछ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार फागुनमा मात्रै देशैभरि जबर्जस्ती करणीका २ सय १७ र जबर्जस्ती करणी उद्योगका ६९ वटा घटना प्रहरीमा दर्ता भएका थिए । यो भनेको माघ महिनाको झन्डै दोब्बरले बढी हो । माघ महिनामा जबर्जस्ती करणीका १ सय ७७ र जबर्जस्ती करणी उद्योगका ५५ वटा घटना दर्ता भएका थिए । आर्थिक वर्ष २०७७/७८ मा देशभर जबर्जस्ती करणीका २५ सय ५४ मुद्दा दर्ता भएका थिए । जसमध्ये काठमाडौं उपत्यकामा भएका घटनाको संख्या मात्रै २ सय २९ छ । यो देशभर हुने जबर्जस्ती करणीका घटनामा ९ प्रतिशत हो । आर्थिक वर्ष २०७६/७७ मा भने देशभर जबर्जस्ती करणीका २४ सय ५० मुद्दा दर्ता भएका थिए । जसमध्ये काठमाडौं उपत्यकामा भएका घटनाको संख्या मात्रै २ सय ९६ अर्थात् करिब १२ प्रतिशत छ । दुई वर्षको तथ्यांक नियाल्दा जबर्जस्ती करणीका घटना काठमाडौंमा कमी आएको देखिन्छ ।

    प्रहरी परिसर काठमाडौंका अनुसार यस वर्ष साउन–फागुन ८ महिनामा काठमाडौंमा मात्रै जबर्जस्ती करणीसम्बन्धी १ सय ३४ मुद्दामा १ सय ४८ जना पक्राउ परे । साउनमा जबर्जस्ती करणीका १६ मुद्दामा १९ जना पक्राउ परेका थिए भने फागुनमा जबर्जस्ती करणीका २० मुद्दामा १८ जना समातिएका थिए । काठमाडौंमा प्रत्येक डेढ दिनमा औसत जबर्जस्ती करणीका एउटा घटना हुने गरेको देखिन्छ ।

    प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनाली प्रहरी समुदाय साझेदारी र प्रहरीको व्यापक परिचालनले काठमाडौंमा यस्ता घटनामा कमी आएको दाबी गर्छन् । धेरैजसो जबर्जस्ती करणी र जबर्जस्ती करणी उद्योगका घटना कोर सहरी क्षेत्रमा भन्दा पनि चक्रपथबाहिरका सहरोन्मुख क्षेत्रमा बढी भएको उनले बताए । बुढानीलकण्ठ क्षेत्रमा चार महिनामा भएका ६ घटनालाई यसैको प्रमाणको रूपमा अर्थ्याउँदै उनले भने, ‘जबर्जस्ती करणीका कैयौं घटनामा मादक पदार्थ सेवनको पृष्ठभूमि देखिन्छ । यस्ता घटना कलकारखाना क्षेत्र र श्रमिकको बाहुल्य भएको ठाउँमा धेरै भइरहेको देखिन्छ ।’

    एसपी मैनालीले आफू जिल्ला प्रहरी कार्यालय झापाको प्रमुख भएर रहँदाको समय सम्झिँदै त्यतिबेला आफूले गरेको अध्ययनमा जबर्जस्ती करणी र जबर्जस्ती करणी उद्योगका ८० प्रतिशत घटनामा पीडकले मादक पदार्थ सेवन गरेको भेटेको सुनाए । उनले भने, ‘काठमाडौंको बाहिरी क्षेत्रमा हुने यौनहिंसाका घटनामा पनि यस्तै प्रवृत्ति देखिन्छ ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं