SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१२/१५ गते
    ६३० &#२३४६;&#२३३५;&#२३२५;

    रबिप्रकाश कसाैधन कृष्णनगर, कपिलवस्तु ।

    कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १२ बेदमउ तथा वडा नं ४ सिर्सिहवामा सिप सिकौ स्वरोजगार बनौं भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत ४५ दिने आधारभूत सिलाई कटाई सिप विकास स्तरोन्नती तालिम सम्पन्न कृष्णनगर नगरपालिकाको आयोजनामा सम्पन्न भएको छ ।

    उक्त समापन कार्यक्रम वडा नं १२ वडाअध्यक्ष छेदी प्रसाद यादव तथा वडा नं ४ का वडाध्यक्ष घनश्याम बनियाको अध्यक्षता प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका प्रशासन शाखा प्रमुख राजेश मिश्र अतिथिमा माइती नेपाल द्वारा संचालित हाम्रो सम्मान परियोजनाका कपिलवस्तु जिल्लाको फिल्ड संयोजक विकाश श्रीवास्तव, इद्रीस पठान रहनुभयो ।

    सिप सिकौ स्वरोजगार बनौं भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत ४५ दिने आधारभूत सिलाई कटाई सिप विकास स्तरोन्नती तालिमले स्वरोजगार बन्न महत्वपूर्ण भूमिका खेलने वक्ता हरूको भनाई थियो ।

    वडा नं १२ का १० जना महिला, वडा नं ४ का १० जना सहभागी रहेको उक्त तालिममा कुशुम अग्रहरी प्रशिक्षकको भूमिका निर्वाह गर्नुभयो ।कार्यक्रममा व्यवस्थापनको भूमिका उद्यम विकास सहजकर्ता चेतना बुढाथोकीको रहेको थियो  । कार्यक्रम संचालन उद्यम विकास सहजकर्ता विनिता केसी ले गर्नुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं