SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१२/१० गते
    ५८३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । रुस र युक्रेनबीच युद्ध भएको एक महिना बितिसकेको छ । यो एक महिनामा युद्धकै कारण थुप्र्रैले ज्यान गुमाए भने यसले पु¥याएको आर्थिक क्षतिको कुनै लेखाजोखा सम्भवै छैन । युद्ध गर्ने मुलुकमा यस्तो क्षति हुनु त अनौठो भएन, युद्धसँग कुनै सम्बन्ध नभएको नेपाल पनि यसको प्रभावबाट अछुतो रहन सकेन ।

    विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव हुँदा त्यसको फाइदा लिन नसकेपनि युद्ध जस्तो गम्भीर अवस्थाबाट भने नेपालमा समेत दीर्घकालीन असर पर्ने देखिन्छ । गत २२ फेब्रुअरी २०२२ मा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले एक बक्तब्य जारी गर्दै युक्रेनमाथी सैन्य कारवाही शुरु गरे ।

    यी दुई देशका शासकहरु अहिले युद्धलाई आफ्नो पक्षमा पार्न भौतिक अभौतिक सबै खाले रणनीति अपनाइरहेका छन् । तर युद्धसँग कुनै साइनो नै नभएको नेपाल भने अहिले युद्धको असर व्यहोर्न बाध्य छ । रुस र युक्रेनबीचको युद्ध तत्कालै समाधानको दिशामा जाने देखिँदैन । जति जति युद्ध लम्बिँदै जान्छ, त्यसको बाछिटा नेपालमा अझै बढ्र्ने निश्चित छ ।

    युद्धकै बहानामा इन्धनको मूल्यमा भएको अस्वाभाविक वृद्धिले यतिबेला आमजनमानस मात्र होइन, उद्योगी, व्यवसायी समेत समस्यामा पर्न थालेका छन् । बिनाकारण नेपाल अहिले चर्को मूल्यमा इन्धन किन्न बाध्य छ । यस्तै पश्चिमा मुलुकहरु यतिबेला युक्रेनको समर्थनमा रहेको र रुसलाई गलाउने नीति अख्तियार गरिरहेका छन् ।

    यसका लागि उनीहरु युक्रेनलाई हतियार उपलब्ध गराउने देखि मानवीय सहायताको नाममा ठूलो धनराशी दिन तयार भएका छन् । यसले पनि नेपाल जस्ता मुलुकका नाममा आउने सहयोग कटौती हुने पक्कापक्की छ ।

    यसबाहेक रुस युक्रेन युद्धको असर भारतीय उर्जा बजारमा समेत परेको छ । र त्यसको बाछिटा समेत नेपालमा परेको छ । भारतमा विद्युतको मूल्य तीव्र गतिमा आकाशिएको छ । भारतीय बजारमा बोलकबोलमा हुने विद्युत् खरिद–बिक्रीको औसत मुल्य प्रतियुनिट भारु. १५ रुपैयाँ २७ पैसा पुगेको छ ।

    यस्तो अवस्थामा विद्युत प्राधिकरणले भारतीय बजारमा भएको विद्युत मुल्य वृद्धिले भारतबाट खरिद हुने विद्युतको औसत मूल्य २५ रुपैयाँ २८ पैसा प्रतियुनिट पुग्ने आँकलन गरिएको छ । भारतले कोइलाबाट ठूलो परिमाणमा उर्जा उत्पादन गर्ने गरेको छ । उर्जा उत्पादनका लागि प्रयोग हुने कोइला उसले आयात गर्ने गरेको छ ।
    रुस युक्रेन युद्धकै कारण अन्तर्राष्ट्रिय कोइला बजारमा कोइलाको मुल्य आकासिएसँगै त्यसको प्रत्यक्ष असर भारतीय उर्जा उद्योगमा पर्न पुगेपछि भारतमा विद्युत मुल्य आकासिएको हो ।

    नेपालमा यतिबेला वर्षा याममा आन्तरिक उत्पादनले विद्युत पुग्ने भएपनि अधिकांश समय भारतबाट विद्युत आयात गर्नुपर्ने बाध्यता छ । भारतबाट बिजुली खरिदका लागि नेपालले बोलकबोल प्रक्रियामा सहभागी हुनुपर्छ । यही क्रममा नेपालले बिहीबार भारतीय उर्जा विनिमय बजारको ९६ वटा ब्लकमा गरेको आवेदनबाट जम्मा १२ वटा युनिटमा मात्रै बिजुली हात पार्न सक्यो ।

    भारतीय उद्योगहरुले विद्युतका लागि बढी मूल्य तिरेकाले नेपालले तिर्न चाहेको मूल्यमा विद्युत खरिद गर्न पाएन । आवश्यक परिमाणमा बिजुली नपाएकाले नेपाल विद्युत प्राधिकरण अहिले अधिकांश उद्योगहरुमा अघोषित लोडसेडिङ गर्न बाध्य भएको छ । लोडसेडिङको अवस्था हटाउनकै लागि अब प्राधिकरणले भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा खरिद गर्ने भएको छ ।

    नेपालले भारत सरकार अधिनस्थ विद्युत व्यापार निगमसँग २ सय २० मेगावाट बिद्युत नियमित रुपमा खरिद गर्नेगरि सम्झौता गरेको भएपनि पछिल्लो अबस्थामा विद्युतको मूल्य महँगिएको भन्दै भारतीय संस्थाले नेपाललाई विद्युत उपलब्ध गराएको छैन । भारतीय उपक्रम एनभीभीएनले प्रतियुनिट भारु. ४ रुपैयाँ १२ पैसा र पीटीसीले भारु. ४ रुपैयाँ १६ पैसामा नेपाललाई विद्युत् बेचिरहेका थिए । तर, भारतमा विद्युत् महंगिएपछि उनीहरुले नेपाललाई सम्झौता अनुसारको बिद्युत उपलब्ध गराएका छैनन् ।

    हालको उर्जा संकट अल्पकालीन जस्तो देखिएपनि बेलैमा यसबारे सोच्न नसके यसको नकारात्मक असरले निरन्तरता पाउन सक्छ । यस्तोमा आन्तरिक उत्पादनलाई प्रवद्र्धन गर्ने विषयमा विगतमा गरेका गल्तीहरु सुधार गर्न सक्नुपर्छ । विगतमा उर्जा मन्त्रालयले बजारको सुनिश्चितता नभईकन निजी क्षेत्रसँग विद्युत खरिद सम्झौता पीपीए नगर्ने अडान लिँदा निजी क्षेत्र निराश छ ।

    जडान सम्झौता भइसकेका सौर्य ऊर्जा उत्पादक कम्पनीहरुसँग पीपीए नगरी खुला प्रतिस्प्र्धाबाट मात्र पीपीए गर्ने नीत पारित हुनुले पनि उर्जा प्रवद्र्धनमा अवरोध सिर्जना गरेको छ । यी गल्तीका असर समेत अहिले देखिएको हो । यी र यस्ता आन्तरिक र बाह्य प्रभावहरु परिरहन्छन् । नेपालले यो अवस्थालाई नजर अन्दाज गर्न मिल्दैन । बेलैमा सचेत हुन आवश्यक छ ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं