काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बलिउड अभिनेता सलमान खानलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।
मंगलबार अभिनेता खानसँग भएको भर्चुअल संवादमा उनले कोरोना महामारीपछि नेपाल पर्यटनका लागि खुला भएको सन्देश विश्व समुदायलाई दिन आग्रह गरे ।
मन्त्रीको आलेको यो प्रस्तावलाई सकारात्मक रुपमा लिंदै सलमानले नेपाल सुन्दर देश रहेको र यसको पर्यटन प्रवद्र्धनमा आफ्नो तर्फबाट सहयोग गर्ने बताए ।
अभिनेता सलमान खानले आफू काठमाडौंको दशरथ रंगशालामा हुने कार्यक्रमका लागि आगामी जेठ १४ गते नेपाल आउन लागेको बताए । यसअभि पटकपटक नेपाल आउन आग्रह भएपनि समय नमिलेकाले यसपटक एकदमै उत्साहित रहेको सलमानले बताए ।