SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१२/९ गते
    ४६९ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । आउँदो स्थानीय तहलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय पर्वतले यही चैत २५ गते भित्रमा नागरिकसँग भएका हतियारहरू प्रशासनलाई बुझाउन निर्देशन दिएको छ।

    वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था सहित भयरहित वातावरण सृजना गर्नुपर्ने भएकाले इजाजत लिएर नागरिकले राखेका हतियारहरू नजिकैको प्रहरी चौकीमा बुझाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन्।

    सूचनामा नागरिकले बुझाएका हतियारहरूलाई प्रहरीले सुरक्षा दिएर राख्ने र निर्वाचन सकिएपछि फिर्ता गरिदिने भएकाले आम नागरिकले निर्वाचनको वातावरणलाई ध्यानमा राखेर तोकिएको मितिभित्रमा हतियार बुझाउन भनिएको छ। चैत २५ गतेसम्ममा हतियार नबुझाएकाहरूलाई खोजतलास गरी कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइने पनि प्रशासनको आदेशमा उल्लेख छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं