SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/१६ गते
    २८१६ &#२३४६;&#२३३५;&#२३२५;

    एजेन्सी, । मृतक घोषणा गरेको व्यक्तिलाई कसैले जिउदै देख्दा कस्तो महसुस गरिन्छ त्यो सोच्न पनि सकिदैन । तर, रुसमा डाक्टरहरुले मृतक घोषणा गरेकी एक महिला मुर्दाघरबाट जिउदै बाहिर निस्केकी छिन् ।

    वास्तवमा मृत घोषणा गरेर ८१ वर्षीया महिलालाई चिकित्सकहरुले मुर्दाघरमा राखेका थिए । तर, भोली पल्ट बिहान महिलाका परिवार शव लिन मुर्दाघरमा जाँदा सबै दंग भए । रातभर मुर्दाघरमा बसेर उनी बिहान जिउँदै बाहिर निस्केकी थिइन् ।

    डेली रिपोर्टको अनुसार महिलाको नाम जिनैदा कोनोनोवा हो । जिनैदा पछिल्लो केही दिनबाट रुसको गोरशेचेन्स्कीको सेन्टर डिस्ट्रिक हस्पिटलमा उपचाररत थिइन् । १४ अगष्टमा उनको सर्जरी भएपछि उनलाई डाक्टरहरुले मृत घोषणा गरेका थिए ।

    मरेको भन्दै अस्पतालले रातको १ बजे जिनैदालाई मुर्दाघरमा राखेको थियो । तर, भोलीपल्ट बिहान उनलाई जिउदै देखेर अस्पतालका कर्मचारी पनि आत्तिएका थिए ।

    अस्पतालको लापरबाहीले नराम्रो घटना भएको भन्दै प्रमुख डाक्टर निलम्बनमा परेका छन् । यसको साथै जिनैदाका परिवारले पनि प्रहरीकोमा उजुरी दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं