SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१८ गते
    ७०२ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । भारतिय एसएसबिले दार्जुलाका नागरिक जयसिङ धामीकाे अमानवीय हत्याकाे बिराेधमा बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पर्वतले बिराेध प्रदर्शन तथा काेण सभा गरेकाे छ ।

    कुश्मा बजारकाे शिवालय चाेकमा गरिएको काेण सभालाई संबाेधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा पर्वत जिल्ला ईन्चार्ज बिकिरण क्षेत्रीले भारतिय एसएसबी देखाएको दादागिरीकाे जति सुकै निन्दा गरे पनि कम हुने बताए ।

    भारतिय साम्राज्यवादले नेपाल र नेपालीलाई हेपेर अाफ्नाे असली चरित्र देखाएकोले त्यसकाे अाम नागरिक तहबाट समेत बिराेध गर्नुपर्ने अबस्था अाएकाे बताए ।

    नेपालका राजनैतिक शक्तिहरुलाई अाफ्नाे जालाेमा पार्ने र नेपाली भुमीका सयौं स्थानहरुमा हस्तक्षेप गरेर भारतले नेपाली जनताप्रति जुन प्रकारकाे ज्यादती गरेकाे छ त्यसकाे बिराेधमा सबै जनता सडकमा अाउनुपर्ने बेला भएको बताए ।

    केन्द्रीय सदस्य क्षेत्रीले देश संसदीय अराजकतामा फसेकाे, जनता महगी र काेराेना महामारीमा फसेकाे बेला शासकहरुले र सरकारले कुनै प्रकारकाे ध्यान दिन नसकेको समेत अाराेप लगाए ।

    जनता माहामारीले मरिसकेको बेला सरकार र सत्ताधारी शक्तिहरु भने अमेरिकी परियोजना एमसिसिकाे लागि दाैडिरहकाे भन्दै यस्ताे खालकाे राष्ट्र घाती याेजना खारेज गर्नुपर्ने समेत बताए ।

    काेणसभा कार्यक्रमलाई नेकपा पर्वतका सेक्रेटरी अनन्त केसीले गरेका थिए ।। केसीले भारतिय साम्राज्यवादकाे बिराेधमा अब नया प्रकारकाे संघर्ष गर्नुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं