SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/८ गते
    ४०४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं | प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेको तर्फबाट प्रधानमन्त्रीमा निर्वाचित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सुवास नेम्वाङले बधाई दिएका छन् । बधाई दिँदादिँदै उनले केही प्रश्न पनि उठाएका छन् । सर्वोच्च अदालतले गरेका निर्णयहरुको आलोचना गर्दै नेम्वाङले प्रधानमन्त्रीमा देउवा परमादेशबाट आएको उल्लेख गरेका छन् ।

    ‘केही पहिले उहाँले आफूहरुले सरकारमा जान जनताबाट जनादेश नपाएकाले सरकारमा नजाने बताउनु भएको थियो,’ प्रधानमन्त्री देउवालाई इंगित गर्दै सुवास नेम्वाङले भनेका छन्, ‘अहिले म प्रश्न गर्न चाहन्छु– तपाईंले कहिले र कहाँबाट पाउनु भयो जनादेश ?’

    नेम्वाङले संसदमा बोल्दै ताजा जनादेशमा जाने कुरालाई निरंकुश भन्न नहुने भन्दै यसबारे छलफल गर्न आवश्यक रहेको पनि बताएका छन् ।

    उनले राज्यका सबै अंगबीच नियन्त्रण र सन्तुलन हुन जरुरी रहेको पनि बताएका छन् ।‘सर्वोच्चको फैसलाका कारण राज्यका तीन अंगबीच सन्तुलन कता कता खलबलिएको छ कि भन्ने छ,’ नेम्वाङले भनेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं