SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/८ गते
    ४८५ &#२३४६;&#२३३५;&#२३२५;

    एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीबाट हटेकै भोलिपल्ट पार्टीको युवा संघले ‘लडाकु दस्ता’ युथ फोर्स ब्युँताएको घोषणा ग-यो । सर्वोच्चको असार २८ को आदेशबाट ओली प्रधानमन्त्रीबाट हट्न बाध्य भएपछि ५ सय १ सदस्यीय युथ फोर्स कमान्ड घोषणा गरियो ।

    क्षितिज थेबेको नेतृत्वमा पुर्नगठनपछि युथ फोर्सले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारदेखि बाल्कोटसम्म ओलीलाई मोटरसाइकल र गाडीको लावालस्करसहित स्कर्टिङ ग-यो । त्यसको नेतृत्व युथ फोर्सका पूर्वकमान्डर महेश बस्नेतले गरेका थिए ।

    पार्टीभित्र तीव्र विवाद चर्किरहेकै बेला वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर विद्यार्थीले पनि असार २९ गते तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरे । ‘ओली समूहलाई काउण्टर दिन अखिल फोर्स गठन गरेका हौं,’ घोषणासभामा नेपाल पक्षधर अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भने, ‘अब देशभरका क्याम्पस र जिल्लाहरूमा गठन गरेर अघि बढ्छौं ।’

    ओली पक्षको युथ फोर्सलाई काउन्टर दिनै नेपाल पक्षले बिहीबार अर्को दस्ता ‘पिपुल्स भोलेन्टियर (पीभी) पुनर्गठन गरेको छ । १२ वर्षअघि विघटन गरिएको पिपुल्स भोलेन्टियर १ हजार एक सदस्यीय बनाइएको छ । ओली पक्षतर्फ पूर्वमाओवादी नेताहरूले समेत लडाकु दस्ताकै रूपमा आइटी आर्मी घोषणा गरिसकेका छन् । त्यसको नेतृत्व चन्द्रभूषण साहले गरेका छन् ।

    एकातिर एमालेमा पार्टी एकताको पहल भइरहेको छ भने अर्कातर्फ दुवै पक्षले भटाभट लडाकु दस्ता गठन गरिरहेका छन् । पार्टीमा युवा र विद्यार्थीका वैधानिक र जनवर्गीय संगठन हुँदाहँंदै सैन्य संरचनाका लडाकु दस्ता निर्माण गर्दै जानुले एमालेका नेताहरू भिडन्ततर्फ अग्रसर भइरहेको राजनीतिक विश्लेषकहरू बताउँछन् । अन्नपूर्ण पाेस्टबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं