SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/४ गते
    ११५० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । यो सूचना माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाइ समेत दिइसकेको पाइएको छ ।एमालेभित्रको आन्तरिक विवाद थप पेचिलो भएपछि एकजना उपाध्यक्ष डा भीबहादुर रावलले हिजानै सांसद पदबाट राजीनामा दिनुभएको छ । उहाँले राजनीति थप अनैतिक भएकाले आफूले राजिनामा दिएको बताउनुभयो ।

    उहाँ एमसिसिको विरुद्धमा हुनुहुन्छ । उहाँले यो सरकार एमसिसी पास गर्न र नेपाललाई अन्तराष्टिय शक्ति राष्ट्रको क्रिडास्थल बनाउन तथा विभिन्न मुद्धामा थुनामा रहेका ब्यक्ति छुटाउ बनेको हु्दाँ उहाँले राजनीनामा दिएको हुन सक्ने एक नेता बताउनुहुन्छ । उक्त नेता ले भन्नुभयो प्रधानमन्त्रीम नियूक्त भएको पहिलो दिनमै गच्छद्धारले छुट्करा पाउनु हिजोको संदनमा देउवाले रेशम चौधरीको नाम लिनु , तथा देउवाले भन्दै आउनुभएको आलमलाई छुटाउन खोज्नु यो सवै रुप रेखा देखि सकेको छ ।

    यता गौतम उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएका कारणले केन्द्रीय कमिटी बैठकमा उपस्थित भएर कार्यकर्तासँग गरेको वाचा तोडेको स्रोतले जनाएको छ । उहाँ केन्द्रीय कमिटी बैठकपछि बसेको दुइवटा स्थायी कमिटी बैठकमा लगातार अनुपस्थित हुनुभएको छ । उहाँलाइ प्रचण्डले कन्भिन्स गरेको स्रोतले जनाएको छ । उहाँ सरकारमा सहभागी हुने निश्चित भैसकेका कारण शेरबहादुर देउवालाई विश्वासको मत नदिन पार्टी स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत भएको बताउदै आउनुभएको थियो ।

    सर्वोच्च अदालतको आदेशबमोजिम सांसदलाई स्ववकीय अधिकार रहेको गौतमले जिकीर गर्नुभएको छ । गौतमले संविधानको धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय गर्नु गलत भएको बताउनुभएको हो । कुनै पनि संस्थाले आफ्ना सदस्यलाई स्वविवेकीय अधिकार दिन्छ भने त्यो उच्चस्तरको लोकतान्त्रिक अभ्यास मानिने छ गौतमले बताउनुभयो । जनता टाईम्सबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं