SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/२९ गते
    ४६३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत /पाँच दिनदेखि अवरुद्ध रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत कुश्मा–बागलुङ सडकखण्ड मंगलबार साँझ देखि एकतर्फी रूपमा सुचारु भएको छ। पहिरोमा रहेका ठुला ढुंगा बिष्फोट पछि हटाउने काम भएकाले एकतर्फी रुपमा सडक सुचारु भएको हो । विशाल आकारका ढुङ्गाहरू विस्फोटक पदार्थले फुटाएर ब्रेकर हान्न सकिने तथा डोजरले पेल्न सकिने बनाएपछि मंगलबार दिनभर पहिरो हटाउने काम गरेकाले एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी शिबराज बुढाथोकीले जानकारी दिनुभयो । एकतर्फी रूपमा सडक खुलाएपछि मालबहाक सवारीहरू पनि गन्तव्यतर्फ लाग्न थालेका छन्।

    जिल्लाको कुश्मा नगरपालिका–२ खुर्कोटको नयाँ पुलमा गत असार २४ गते सडकमाथिबाट अजमानका ढुङ्गासहित आएको पहिरोका कारण बाटो अवरुद्ध अवस्थामा थियो। पहिरो गएको भोलिपल्ट असार २५ बाटै मध्यपहाडीअन्तर्गत पर्वत खण्डको काम गरिरहेको लामा कन्स्ट्रक्सनले ब्रेकर हानेर ढुङ्गा फुटाउन खोज्दासमेत नफुटेपछि सडक खुलाउन समस्या भएको थियो।डोजरले बाटो खुलाउन नसकेपछि विस्फोटक पदार्थको प्रयोग गरेर बाटो सुचारु गराउनुपर्ने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालयमा भएको बैठकबाट नेपाली सेनालाई त्यसको जिम्मा दिने निर्णय भएको थियो। सोहीअनुसार नेपाली सेनाको पर्वतमा रहेको केवलजंग गुल्मले म्याग्दी पुगेर विस्फोटक पदार्थ ल्याएपछि सोमबार पहिरोस्थलमा विस्फोट गराइएको हो।

    दैनिक सयौँको सङ्ख्यामा सवारी गुड्ने पोखरा–बागलुङ अन्तर्गत कुश्मा–बागलुङ सडक अवरुद्ध भएपछि काम चलाऊ वैकल्पिक सडकका रूपमा अर्मादी–बगैँचाचोक–पाङ–सहस्रधारा जोडिने साँघुरो र कच्ची ग्रामीण सडक प्रयोग भएको थियो। उक्त सडकमा साना सवारीहरू गुडाउन सकिए पनि ठूला सवारीहरू गुड्न नसक्दा मालवाहक सवारीहरू भने बागलुङ, म्याग्दी र पर्वतमा नै थुनिएका थिए। लोकमार्गको अर्मादीदेखि सहस्रधाराको खण्ड करिब डेढ किलोमिटर लम्बाइको छ। तर अहिले सवारीहरू गुडिरहेको अर्मादी–बगैँचा चोक–पाङ–सहस्रधारा खण्ड कम्तीमा पनि सात किलोमिटर छ। पहिरो पन्छाउन नसकेपछि सवारीहरू करिब ६ किलोमिटर लामो कच्ची र दुःखदायी सडकबाट चल्न बाध्य भएका थिए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं