SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/२९ गते
    ५०१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदमा रहँदा राम्रो काम मात्रै गरेको दाबी गर्नुभएको छ । देशवासीका नाममा सम्बोधन गर्दै ओलीले तीन वर्ष पदमा बस्दा नागरिकको हितमा काम गरेको र देशमा राजनीति मात्रै होइन विकास पनि हुन्छ भन्ने सन्देश दिन सफल भएको बताउनुभयो ।

    माथिल्लो तामाकोशी र मेलम्ची आयोजना पूरा गरेको, देशलाई सुरुङ युगमा प्रवेश गराएको, लोडसेडिङको अन्त्य गरेको, कर्णालीमा बिजुली पुर्याएको, तुइन विस्थापित गरेको लगायतका उदाहरण दिँदै ओलीले देश समृद्धि बाटोमा हिँडिरहेको बेलामा अलोकतान्त्रिक कामहरुमार्फत अवरोध गर्ने काम भइरहेको बताउनुभयो ।

    ‘सरकारबाट बाहिरिनु परेकामा चिन्ता छैन । इमान्दारिताका साथ देशको समृद्धि, सुशासन, विकास यी कुराहरूलाई ध्यानमा राखेर जनतालाई सेवा, सुविधा पुर्याउनुपर्ने कुरालाई ध्यानमा राखेर काम गरेको छु । विकासका निम्ति नयाँ भिजन दिएर अगाडि बढाएको छु’ ओलीले भन्नुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं