SuchanaKendra

  • Radio Kushum


  • आज : २०८० आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/२७ गते
    ५६६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबैजसो नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसक्ने बताएका छन् । आइतबार काठमाडौंको वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै उनले खोप अभावमा कोही तडि्पन नपर्ने बताए । ‘२०२१ भित्रमा भ्याक्सिन लगाइसक्ने गरी हामी प्रयास गरिरहेका छौं, केही समस्या आइपरेमा त्यो भन्दा पर पनि जान सक्छ’ उनले भने, ‘तर भ्याक्सिनको अभावबाट अब तड्पिन पर्दैन ।’

    प्रधानमन्त्री ओलीले विगतमा केही समय कोरोना खोप अभाव हुने स्थिति देखिए पनि अब लगातार खोप आउने बताए । ‘हामी सबै नागरिकलाई खोप लगाएर सुरक्षित राख्न सक्छौं, तर जबसम्म संसारबाट कोभिड-१९ समाप्त हुँदैन, हामी सजग हुनुपर्छ ।’ कोरोना खोप ल्याउनका लागि सरकारले नयाँ नयाँ सम्झौता गरिरहेको र त्यसका लागि संवाद गरिरहेको पनि प्रधानमन्त्री ओलीले बताए । उनले नेपालमा प्रचलित आयुर्वेद विज्ञानको शासक वर्गले प्रचार प्रसार नगरेका कारण नेपालीहरु धामी झाँक्रीमा विश्वास गर्न पुगेका बताए ।

    ‘आयुर्वेदलाई शासक वर्गले सर्वसाधारणसम्म पु¥याइदिएको भए झारफुकमा विश्वास गनुपर्ने थिएन’ उनले भने, ‘आयुर्वेद शासक वर्गभित्र कैद भएर बस्यो, त्यो शिक्षा विज्ञान फैलिन पाएन ।’ प्रधानमन्त्री ओलीले नेपालमा जस्तो सस्तो उपचार पद्धति कहिँ नभएको दावी गरे । ‘नेपालजति सस्तो उपचार सेवा अन्त कहिँ पनि छैन, स्वास्थ्य सेवालाई यत्तिकै सर्वसुलभ बनाउन महंगो हुन नदिन सावधानी अपनाउनुपर्‍यो’ उनले भने ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    शिक्षकको आन्दोलन बानेश्वरमा प्रहरी हस्तक्षेप (तस्वीरहरु)

    काठमाडौं । राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै...

    गृहमन्त्रीको डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने प्रतिवद्धता

    काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार...

    निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था कार्यान्वयनमा आयो

    काठमाडौं । सरकारले बजेटमार्फत घोषणा गरेको निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था कार्यान्वयनमा आएको...

    न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने तयारी,सेयरको भित्री कारोबार गरेको आरोपमा

    काठमाडौं । शेयर बजारमा भित्री कारोबार (इनसाइड ट्रेडिङ) गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी...

    प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

    काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं