SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/२६ गते
    ४८० &#२३४६;&#२३३५;&#२३२५;

    गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङको भीमकुल बचत तथा ऋण सहकारी संस्थामा शुक्रवार राति चोरी भएको छ । करिव ३० लाख रुपैयाँ नगद र एउटा कम्प्युटर चोरी भएको अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए ।‘राती करिव तीन बजेतिर च्यानल गेटको ताला फुटाएर भित्र छिरेछन्,’ उनले भने, ‘भित्र कोठाको ढोका तोडेर सेफ पनि फुटाएछन् ।’ सेफमा रहेको रकममध्ये तीस लाख चोरी भएको उनले बताए । ‘सेफ भित्र करिव ५० लाख थियो, तर सबै लक खोल्न सकेनछ, तीस लाख लगेछ,’ उनले भने ।

    संस्थाको भवनमा रहेको एउटा कम्प्युटर पनि चोरी भएको उनले बताए । सिसिटिभी जडान गरिएको कम्प्यूटर ठानेर लगेको हुनसक्ने अनुमान गरिएको छ । सहकारीमा चोरी भएको बारे बिहान आठ बजे मात्र थाहा भएको श्रेष्ठले बताए । ‘आज मिटिङ बोलाएका थियौं, बिहान आठ बजे कर्मचारी कार्यालय खोल्न जाँदा चोरी भएको थाहा भयो,’ उनले भने ।घटनास्थल प्रहरी पुगिसकेको गोरखा प्रहरी प्रमुख एसपी शेखर खनालले बताए । ‘बोर्लाङ प्रहरी चौकीको टोली त्यहा पुगिसक्यो, जिल्लाबाट प्रहरी निरीक्षकको कमाण्डमा थप टोली पठाएका छौ,’ उनले भने ।

    उक्त टोली पुगेर घटनाबारे थप अनुसन्धान गर्ने उनले जानकारी दिए । सिसिटिभी फुटेजमा दुई जना व्यक्ति देखिएको तर पहिचान हुन नसकेको बताइएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं