SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/२४ गते
    ४३५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजहरुले दिएका कैयौं परम्परागत ज्ञानको अनुसरण गर्दै अघि बढ्नुपर्ने बताएका छन् । पुर्खाको ज्ञानलाई स्वीकार गरेर अगाडि बढे मात्र विज्ञता हासिल गर्न सकिने उनको भनाइ छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिहीबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानवीय श्रेष्ठताको सबैभन्दा ठूलो कुरा पुर्खाको ज्ञान भएको उल्लेख गरे ।

    ‘एक जेनेरेसनमा नै मेहनत गरेर विद्वान हुन सकिँदैन । जेनेरेसन टु जेनेरेसनको मेहनतबाट मात्रै विद्धान हुन सकिन्छ । हामीहरुले पूर्वजको मेमोरी, जेनेटिक मेमोरी, मानिसको सबैभन्दा श्रेष्ठता हो,’ उनले भने, मेमोरी पावर र इन्नोभेटिभ पावर मिलेको हुन्छ र हामी विकास गर्न सक्छौं । हाम्रो जस्तो देशमा हामीले असाधारण ढंगले काम गर्न सक्छौं ।’ प्रधानमन्त्री ओलीले वेदको रचना सबैभन्दा पहिले भएको भन्दै नेपालीले आफ्नै गौरवपूर्ण इतिहासलाई संरक्षण सम्वर्द्धन गर्दै नयाँ आविष्कारमा लाग्नुपर्नेमा जोड दिए ।

    सार्वजनिक कार्यक्रममा अक्सर सरकार विरोधी विपक्षी गठबन्धनमा संलग्न नेता तथा तिनका क्रियाकलापका साथै आफ्नै पार्टीका नेताहरुको तीखो आलोचना गर्ने गरेका प्रधानमन्त्री ओलीले बिहीबारको कार्यक्रममा भने जडिबुटीको उपयोगिता, नयाँ आविष्कार तथा पराम्परागत औषधीहरुको बेलिविस्तार लगाए । उनले पूर्वजहरुको पालामा नेपाली समाजमा महिलालाई सम्मान गर्ने संस्कार रहेको उल्लेख गर्दै त्यस्तै समानताको समाज निर्माणमा सरकार लागेको दाबी गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं