SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/२३ गते
    ६६८ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ८ चुवा स्थित सुन्दरे खोलाले गाडी बगाएको छ । अविरल बर्षातसंगै आएको बाढिका कारण मध्य रातमा गाडी बगाउँदा ३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज बुढाथोकीले सुचनाकेन्द्र डटकमलाई जानकारी दिए ।

    प्रहरी नायव उपरिक्षक बुढाथोकीका अनुसार मध्यपहाडी लोकमार्गमा कार्यरत २ जना कर्मचारी वेत्तपा भएको पुष्टि भएको छ । वेपत्ता हुनेमा साइड इन्जिनियर राजाराम आचार्य र सवारी चालक इन्द्र थारुको पहिचान भएको बुढाथोकीले जानकारी दिए ।

    रातको समयमा गाडीलाई खोलाले बगाएका कारण गाडीमा अर्को को ब्यक्ति थिए उनको पहिचान अझै नभएको प्रहरीको भनाई छ । गाडीमा ३ जना सवार रहेको प्रहरीले पुष्टि गरेको छ । वेपत्ता उनीहरुको मध्यरात देखि नै खोजी कार्य जारी रहे पनि हालसम्म पनि पत्ता नलागेको प्रहरीले जनाएको छ ।

    प्रहरी नायव निरिक्षक बुढाथोकीले अझै पनि खोजी कार्य जारी रहेको जानकारी दिए । मध्यपहाडी लोकमार्ग अन्तर्गत दोविल्लामा रहेको सुन्दरे खोलामा बाढि आउँदा गाडी बगाएको प्रारम्भिक अनुसन्धान रहेको प्रहरीको भनाई छ । वेपत्ताहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । file photo

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं