SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/२१ गते
    ५०७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विदेशी हस्तक्षेप आमन्त्रण गरेको आरोप लगाएका छन् ।

    सोमबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले प्रधानमन्त्रीकै कारण अन्तरिक मामिलामा विदेशी हस्तक्षेप बढेको बताए । विदेशीको योजना र मिलिभगतमा प्रधानमन्त्रीले संविधान र लोकतन्त्रमाथि आक्रमण गरिरहेको भन्दै उनले भने, ‘उहाँले राष्ट्रिय स्वाधीनतामा गम्भीर धोकाधडी गर्नुभयो ।’ उनले अघि भने, ‘उहाँले राष्ट्रियताको विषयमा जुन प्रकारको चर्चा थियो, त्यो धोका थियो र अहिले उहाँ आत्मसमर्पणवाद र लम्पसारवादमा पुगिसक्नु भएको छ भन्ने प्रष्ट भयो ।’

    अतिक्रमित भूभाग, ईपीजीको प्रतिवेदन वार्ताको विषय नबनेको तथा एकपछि अर्को गरेर आन्तरिक मामिलामा भएको हस्तक्षेपको प्रतिवाद नगरेको भन्दै उनले भने, ‘बरु विदेशी हस्ताक्षेप स्वीकार गर्ने मात्र होइन, आमन्त्रण गरेर राष्ट्रिय स्वाधीनतालाई गम्भीर संकटमा पुर्‍याउनु भएको छ । यो क्षम्य छैन ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं