SuchanaKendra

  • Radio Kushum


  • आज : २०८० आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/२१ गते
    ७६१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगमा बढी उजुरी परेका दर्जनौं क्षेत्र तथा निकायमाथि विशेष निगरानी बढाएको छ । जसअनुसार संघीय मामिला मन्त्रालय र त्यसअन्तर्गतका विभिन्न स्थानीय तह, शिक्षा क्षेत्रसँग सम्बन्धित विश्वविद्यालय, विद्यालय, शिक्षा कार्यालय तथा युनिट, भूमि प्रशासनसँग सम्बन्धित मालपोत नापी कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका निकाय, सकड, यातायातलगायतका क्षेत्र विशेष निगरानीमा परेका छन् ।

    यसैगरी वन तथा वातावरण मन्त्रालय मातहतका निकाय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मातहतका निकाय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका निकायविरुद्ध पनि अख्तियारमा अत्यधिक उजुरी परेकाले ती निकाय विशेष निगरानीमा राखिएको अख्तियारले जनाएको छ ।

    आयोगमा चालू आर्थिक वर्ष २०७७-७८ को साउनदेखि जेठ मसान्तसम्मको अवधिमा १३ हजार ३३ उजुरी परेका थिए । अघिल्लो वर्षबाट जिम्मेवारी सरेका ८ हजार २ सय र जेठ महिनासम्म परेको १३ हजार ३३ सहित २१ हजार २ सय ३३ उजुरीमध्ये जेठ मसान्तसम्म ११ हजार ४ सय २४ उजुरी फस्र्र्योट भएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

    फस्र्र्योट भएका मध्ये ४ सय १६ वटा उजुरी विस्तृत अनुसन्धानमा गएको छ भने १ हजार १ सय ७३ वटा उजुरी आयोगका विभिन्न महाशाखामा छानबिनका लागि पठाइएको छ । यस्तै, ६ हजार ७ सय ९३ वटा उजुरी सिधै तामेलीमा पठाइएको छ भने ५ सय २८ वटा उजुरी सुझावसहित तामेलीमा पठाइएको आयोगले जनाएको छ ।

    अख्तियाले परेका उजुरीको विश्लेषण गर्दै सबैभन्दा बढी उजुरी परेका क्षेत्र तथा निकायलाई विशेष निगरानीमा राखेको हो । आयोगका प्रवक्ता रिसालले आयोगमा परेको उजुरीको संख्या र प्रतिशतलाई विश्लेषण गरी धेरै उजुरी परेका क्षेत्रमा विशेष निगरानी बढाइएको बताए । आयोगका अनुसार हालसम्मको उजुरीको अवस्था हेर्दा सबैभन्दा बढी उजुरी संघीय मामिला मन्त्रालयअन्तर्गत स्थानीय तहविरुद्ध परेका छन् । हालको र जिम्मेवारी सरेको सहित स्थानीय तहविरुद्ध ६ हजार ८ सय ५४ वटा उजुरी परेका छन् । राजधानी दैनिकले खबर छापेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    शिक्षकको आन्दोलन बानेश्वरमा प्रहरी हस्तक्षेप (तस्वीरहरु)

    काठमाडौं । राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै...

    गृहमन्त्रीको डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने प्रतिवद्धता

    काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार...

    निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था कार्यान्वयनमा आयो

    काठमाडौं । सरकारले बजेटमार्फत घोषणा गरेको निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था कार्यान्वयनमा आएको...

    न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने तयारी,सेयरको भित्री कारोबार गरेको आरोपमा

    काठमाडौं । शेयर बजारमा भित्री कारोबार (इनसाइड ट्रेडिङ) गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी...

    प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

    काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं