SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/१९ गते
    ७३४ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । नेपाली काँग्रेस कास्कीमा क्रियाशील सदस्यको संख्या १९ हजार एक सय ४२ पुगेको छ ।यसपटक १० हजार पाँच सय २० जनाले क्रियाशील सदस्यता नवीकरण र ८ हजार ६ सय २२ जनाले नयाँ सदस्यता लिएको प्रवत्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।

    कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा शुक्रबार बसेको बैंठकले वडा, प्रदेश, क्षेत्र हुँदै जिल्लामा सिफारिस भएका क्रियाशील सदस्य अनुमोदन गरी केन्द्रमा पठाउने निर्णय गरेको प्रवक्ता सिग्देलको भनाइ छ । कास्कीमा क्रियाशील सदस्यताका बारेमा कुनै पनि उजुरी परेको थिएन ।

    बैठकले सरकारले कालीगण्डकी डाइभर्सन सम्बन्धी गरेको निर्णय अव्यवहारिक भएको ठहर गर्दै खेद प्रकट गरेको छ ।बढीपहिरोका कारण कास्की लगायतका क्षेत्रमा पुगेको जनधनको क्षतिप्रति दुःख गर्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।

    बैठकले काँग्रेस नेतृत्वमा गण्डकी प्रदेश सरकार बनेकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।त्यस्तै बैठकले काँग्रेस नेता रामजी कुँवरको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं