SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/१५ गते
    ५८५ &#२३४६;&#२३३५;&#२३२५;

    रवि प्रकाश कसौधन,कृष्णनगर | कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले एक कार्यक्रम गरि १८ औं राष्ट्रीय धान दिवस मनाएको छ । कृष्णनगर नगरपालिका कृषि शाखाको आयोजना तथा श्री गणेश बहुउद्देशीय कृषक समुहको सहयोगमा धान उत्पादनमा वृद्धि खाद्य सुरक्षा आत्म निर्भता र समृद्धि नाराका साथ १८ औं धान दिवस तथा रोपाई महोत्सव मनाएको छ ।

    उक्त कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले कार्यक्रमको उद्धघाटन गर्नुभयो ।प्रमुख अतिथि, कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्की,कृष्णनगर नगरपालिकामा कृषि शाखा प्रमुख चन्द्र राम चौधरी,
    वडाध्यक्षहरू , कर्मचारी, किसान लगायतको उपस्थितमा खेतमा रोपाई गरिएको छ । रोपाई पश्चात दही च्यूरा खाएर धान दिवस मनाएको छ। कार्यक्रम संचालन कृषि शाखा कृष्णनगरका अधिकृत सुदिप कुमार मोर्य ले गर्नुभयो ।

    प्रत्येक वर्षको असार १५ गते खेतमा काम गरी दही च्यूरा खाएर धान दिवस मनाउने प्रचलन रहेको छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खाने गरेको भनाई रहेको छ ।

    यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास रहेको छ ।असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा लिइन्छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं