SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/१३ गते
    ५६० &#२३४६;&#२३३५;&#२३२५;

    रबि प्रकाश कसौधन कृष्णनगर, | कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ झण्डानगर ( नगरपालिका भवन पछाडि) अवस्थित पोखरी को वृहत सर सफाई प्रधानमंत्री रोजगार कार्यक्रमको कामका लागि पारीश्रमिक आयोजना अन्तर्गत जलकुम्भी ले भरिएको उक्त पोखरीको सर सफाई भई वृहत सुन्दरीकरण भएको छ ।

    नगरपालिकाले आगामी आर्थिक बर्ष देखि माछापालनका निम्ति ठेक्कामा दिने तयारी गरिरहेको छ । यसरी प्रकृतिक स्रोत सम्पदाको संरक्षण र सदूपयोग भई आय आर्जन र रोजगारी वृद्धिमा टेवा पुग्ने जन विस्वास रहेको छ ।

    लगभग तीन बिगहा क्षेत्रफलमा फैलिएको उक्त सार्वजनिक पोखरी सर सफाई क्रममा रोजगार सेवा केन्द्रको वेरोजगारमा सुचिकृत भएका विभिन्न वडाका करिब ५० जनाले तिस दिन रोजगारीको अवसर पाएका छन् ।

    चालु आर्थिक बर्ष २०७७/७८ मा कृष्णनगर नगरपालिका साना ठूला गरि करिब पैतिस वटा आयोजनाहरू संचालनमा रहेका छन् । सिचाई कुला मर्मत, ग्रामीण वस्तिमा नाला सर सफाई तथा सडक सुधार, पोखरीको संरक्षण लगायत अन्य कार्यक्रम लाई प्राथमिकता दिई संचालन गरिएको र नगरप्रमुख लगायत अन्य जनप्रतिनिधिले अक्त कार्यको प्रशंसा समेत गरेको कृष्णनगर नगरपालिका रोजगार संयोजक इश्वरी प्रसाद पौडेलले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं