SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/२/११ गते
    ३५४ &#२३४६;&#२३३५;&#२३२५;

    रवि प्रकाश कसौधन, कृष्णनगर । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको पहल र कृष्णनगर नगरपालिका बाट स्थापित कृष्णनगर भन्सार नाकामा अवस्थित होल्डिंग सेन्टर भारतबाट आउने र नेपाल बाट भारत जाने यात्रीको सहयोग र सहकार्यका लागी स्थापना भएको देखिन्छ ।

    कोरोना भाइरसको दोस्रो लहरमा कृष्णनगर भन्सार नाकामा अवस्थित होल्डिंग सेन्टर मार्फत चैत्र १२ गते देखि हिजो १० बजे सम्म भारतबाट आएका १६,६४६ सोरह हजार छ सय छ्यालिस तथा नेपाल बाट भारत गएका ५६०१ पांच हजार छ सय एक जना गएकाे जानकारी इलाका प्रहरी कार्यालय कृष्णनगरले दिएको छ ।

    साथै होल्डिंग सेन्टरमा रहेको क्यान्टिनमा समेत यात्री हरूलाई पानी, चाउचाउ, बिस्कुट, रिचार्ज कार्ड, मास्क, सेनिटाइजर, लगायत अन्य समानहरु सुपथ मुल्यमा दिने गरेको क्यान्टिन संचालक गोलु गुप्ताले जानकारी दिए । उक्त होल्डिंग सेन्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको २४ घण्टा नै ड्युटी रहेको छ ।

    भारतबाट आएका यात्रीहरू लाई बस व्यवसायी हरुको समान्वयमा नेपाल सरकारले तोकेको भाडादरमा यात्रीहरू लाई सम्बंधित स्थान सम्म पुर्याउने पहल गर्ने भुमिका इलाका प्रहरी कार्यालय कृष्णनगरको रहेको जानकारी प्रहरी निरिक्षक सुकदेव पौडेल ले दिनुभयो ।

    साथै पशिचम नेपाल बस व्यवसायी प्रा. लि. प्रधान कार्यालय बुटवल शाखा संचालक कृष्णनगरका कर्मचारी राम केवल यादव भन्ने संजे यादव संग बुझ्दा उहाँले हामीहरु भारतबाट आएका यात्रीहरू लाई उहाहरूको गन्तव्य स्थान सम्म पुर्याउने गरेको, नेपाल सरकारले तोकेको भाडादर लिइएको र भाडा न भएका समेत लाई गन्तव्य सम्म पुर्याइ मानवता धर्म पाल्ना गरेको, बसमा स्वास्थ्य मापदंड पूर्णरूपमा पाल्ना भएको जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं