SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/२/७ गते
    ८१६ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत- कोरोना संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय पर्वतले लागु गरेको निषेधाज्ञा थप एक हप्ता लम्बिएको छ । जिल्लाको कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिस अनुसार जेठ १५ गते सम्म निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी देबी पाण्डे खत्रीले जानकारी दिईन ।

    राष्ट्रिय गौरवका आयोजना र सार्वजनिक विकास निर्माणका आयोजनाहरुको काम भने निषेधाज्ञामा नरोकिने भएको छ । अत्यावश्यक सेवा २४ सै घण्टा खुल्ला हुने भएपनि बजार पसल दिनको २ घण्टा मात्रै खुल्ला हुने भएको छ । विहान ७ देखि ९ बजेसम्म पसलहरु खोल्न पाईने भएको छ । अत्यावश्यक सेवाका सरकारी कार्यालयहरु बाहेक सबै बन्द गरिने भएको छ ।

    बैँक तथा वित्तिय संस्था समेत निषेधाज्ञामा बन्द गरिएको छ । सर्वसाधारणलाई घरबाहिर नडुल्न, स्वास्थ्यका मापदण्ड पालना गर्न, भौतिक दुरी कायम गर्न प्रशासनले अनुरोध गरेको छ । पर्वतमा दिनदिनै कोरानो संक्रमण बढ्दो क्रममा छ ।

    विद्यालय, सिनेमा, सार्वजनिक समारोह, विवाह, व्रतबन्ध, चौरासी पूजा सबै रोकिएको छ । मठमन्दिर, गुम्वा, मस्जिदमा हुने प्रार्थना, पूजापाठहरु निषेधाज्ञा अवधिमा बन्द रहेका छन् ।

    जिल्लामा मध्यपहाडी लोकमार्ग, कालीगण्डकी लोकमार्ग र मोदी लेखनाथ विद्युत प्रसारण आयोनजाको निर्माण कार्य भइरहेको छ । यी मध्ये दुई वटा गौरबका आयोजनाका सडकहरुको निर्माण कार्य तिव्र गतिमा छ । मुख्य गरी मध्यपहाडी लोकमार्गमा निर्माणको काम तिव्र गतिमा अघि बढिरहेको छ । उता, कालीगण्डकी लोकमार्गमा पनि निर्माणको काम भइरहेको छ । यी सवै आयोजनाहरुमा काम नरोकिने भएको प्रजिअ खत्रीले बताईन ।

    यसैगरी जिल्लामा विभिन्न सडकहरुमा पूर्वाधार विकास कार्यालयले पनि सडक निर्माणको काम भने स्थानीय तह र अन्य कार्यालयहरु मार्फत पनि पूर्वाधार विकासको काम भइरहेको छ । सवै आयोजनाहरुमा पूर्वाधार निर्माणको कामलाई गति दिने गरी समन्वय गरिने प्रशासन कार्यालयले उल्लेख गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं