SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/२/२ गते
    ७५८ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । जिल्लामा निषेधाज्ञालाई थप कठाई गरिएको छ । आज बसेको जिल्ला स्तरीय कोराना नियन्त्रण तथा रोकथाम सम्बन्धि जिल्ला स्तरीय समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालय पर्वतले निषेधाज्ञामा थप कडाई गरेको हो । समितिको निर्णय अनुसार जेठ ३ गते देखि निषेधाज्ञा अवधि र वैंक तथा वित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

    यसैगरी जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक खाद्यन्न तथा फलफुलका पसलहरु पनि दिनको ३ घण्टा मात्रै सञ्चालन गर्न पाउने निर्णय गरेको छ । निर्णयअनुसार दैनिक रुपमा विहान ७ बजेदेखि विहान १० बजेसम्म मात्र अत्यावश्यक सेवाका पसलहरु खुल्नेछन् । यसैगरी प्रशासन कार्यालयले ब्यक्तिगत निर्माण कार्य पनि बन्द गर्ने निर्णय गरेको छ ।

    यसले नीजि घरहरु निर्माण गरीरहेका घरधनीहरुले घर निर्माण कार्य बन्द गर्नुपर्नेछ । यसैगरी प्रशासन कार्यालयले निर्माण क्षेत्र अन्तर्गत राष्ट्रिय गौरबका आयोजना तथा संघ र प्रदेशबाट सञ्चालीत आयोजनाहरुमा भने स्वास्थ्य मापढण्ड पुरा गरी सञ्चालन गर्नपाउने निर्णय गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं