SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१/२७ गते
    १८७० &#२३४६;&#२३३५;&#२३२५;

    अर्जुन पौडेल निर्जन | पर्वतमा वैशाख २८ गते राती १२ बजेदेखि जेठ ७ गतेसम्म पुर्ण रूपमा लकडाउन गर्ने सिसिएमसिकाे निर्णय!!यो निर्णय अहिले जस्तो फितलो नहोस।यो बिचमा यी कामहरु गरौ।

    १.स्थानिय पालिकामा रहेका आइसोलेसनमा संक्रमितहरु आउन नमान्ने देखिएको छ।अप्ठ्यारो नहुने बेला सम्म घरमै बस्ने तर अप्ठ्यारो अबस्था भयो भने राम्रो डाक्टर को आशामा कुश्मा वा पोखरा काठमाडौं जान चाहने अवस्था बिधमान छ।त्यसैले गाउगाउमा बनाउन लागिएका आइसोलेशनको खर्च मिलाएर कुश्मामा राम्रो अक्सिजन सहितको ठुलो क्षमताको आइसोलेशन बनाउन पहल गरौ।

    २.स्थानिय पालिकाहरुमा कार्यरत स्वास्थ्यकर्मिहरु लाई थोरै जना मात्र पालिकामा राखेर अरु सबै जिल्ला अस्पतालमा काजमा झिकाऔ।
    ३.स्थानिय तह र स्थानिय निकाएका जनप्रतिनिधी को प्रोटोकल अनुसार जिल्लामा समन्वय गर्न गाह्रो देखिएको हुनाले उनिहरुलाइ समन्वय गर्न समन्वय प्रमुखलाई पुरै अधिकार सहित जिम्मेवार प्रदान गर्ने गरि माथिबाट नितिगत निर्णय गराउन पहल गरौ।

    ४.प्रत्येक पालिकामा अत्याबश्यक ठाँउहरुमा सेनिटाइजर स्प्रे गर्नको लागि दुई जना ब्यक्ती तयारी राखौ जसले ब्यक्तिगत खर्चमा स्प्रे गराउन चाहनेहरुको लागि सहज होस।

    ५.राहत,सहयोगको नाममा विभिन्न संघ सन्स्थाहरुले गर्ने सबै सहयोग यो पटक एकीकृत गरि अक्सिजन सिलिन्डर र प्लान्ट ब्यबस्थापनमा लगाऔ।

    ६.सबै बैंकहरु केही समयको लागि बन्द गराऔ।बैंक को कारण बजारमा मानिसहरुको भिडभाड बढी भएको छ।

    ७.सरकारी गाडि राष्ट्रको सम्पती भएको हुनाले सबै कार्यालयमा भएका गाडिहरु आबश्यक अनुसार बिरामी ओसारपसारमा लगाऔ।कसैले मैले प्रयोग गर्ने गाडि कोरोनाको उपचारको लागि दिए भनेर फुस्रो प्रचार नगरौ।किनकी ती गाडि प्रयोग गर्ने बिरामीले राज्यको सम्पती प्रयोग गर्न पाए भनेर गर्व बोध गरोस।

    ८.सरकारी गाडि चालकहरुलाइ प्रोत्साहन भत्ता उपलब्ध गराऔ र उनिहरुलाइ स्ट्यान्डबाइ राखौ।अप्ठ्यारोमा परेको बेला गाडि चलाउन नमान्ने चालकहरुलाउ तुरुन्त कारबाही गरौ र अर्को चालक नियुक्ती गरौ।

    ९.गाडि पासको लागि पहिले जस्तै जथाभाबी नगरौ।अत्याबश्यक कामको लागि मात्र पासको ब्यबस्था गरौ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं