SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१/२१ गते
    ७७४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतले आफ्नो कार्यालय रहेको भवनमा ५ शैयाको आइसोलेशन कक्ष निर्माण गरेको छ । कोरोना संक्रमणको दर उच्च हुँदै जाँदा अस्पतालमा शैयाको अभाव हुने अवस्थामा उक्त शैया प्रयोग गर्न मिल्ने गरी आइसोलेसन कक्षको निर्माण गरिएको पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाले जानकारी दिए ।

    थापाका अनुसार महासंघको कार्यालय रहेको कुश्मा ५ बडागाउँमा उक्त आइसोलेशन कक्षको निर्माण गरिएको हो । उक्त शैयामा पहिलो प्राथमिकतामा पत्रकारहरु रहनेछन् ।

    संक्रमण पुष्टि भएर आइसोलेसन कक्षमा बस्नुपने पत्रकारले अस्पतालमा वेड नपाएको खण्डमा उक्त कक्षमा राखिने गरी तयारी अवस्था राखिएको अध्यक्ष थापाको भनाई छ । आइसोलेसन कक्षमा आवश्यक पर्ने अक्सिनजन सहितका अन्य उपकरणको लागि भने स्वास्थ्य कार्यालय र पर्वत अस्पताल तथा स्थानीय पालिकाहरुसंग समन्वय गरी अध्यक्ष थापाले जानकारी दिए ।

    देश भर विरामीको संख्या बढ्दै जाँदा अस्पताहरुमा बेडको अभाव हुन थालेको छ । पर्वत जिल्लामा भने क्रियाशिल सवै पत्रकारहरु खोप लगाईसकेका छन् । खोप लगाएकाहरुमा पनि संक्रमण देखिनसक्ने भएकाले सवै पत्रकारहरु सचेत भएर कार्यक्षेत्रमा खट्न अध्यक्ष थापाले आग्रह समेत गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भुटानी शरणार्थी प्रकरण,टोपबहादुर रायमाझी सहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

    काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी सहित ९ जनालाई...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं