SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१/२० गते
    ७६४ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर,  । कोभिड १९ को संक्रमण बढे संगै भारत बाट नेपाल भित्रिने नेपालीहरुको संख्या दिन प्रति दिन बढिरहेको छ । भारतबाट नेपाल आउने नेपालीहरुको स्वास्थ्य सुरक्षाका लागि सिमा क्षेत्रमा शसस्त्र प्रहरीले कोरोना नियान्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामाग्री वितरण तथा जनचेतना कार्यक्रम गरेको छ ।

    सोमवार सशस्त्र प्रहरी बल नेपाल ५ नं. विन्ध्यवासिनी बाहिनीका प्रमुख डिआइजी किशोर प्रधान अफै सिमा क्षेत्रमा खटि भारतबाट नेपाल प्रबेश गर्ने नेपालीहरुलाई पुरानो माक्स फाल्न लगाइ ,नयाँ माक्स वितरण गर्नु भयो । प्रधानले सेनिटाइजर लगाउन, तापक्रम नाप्ने,घरमा कम्तिमा १० दिन अलग्गै बस्न सल्लाह दिनु भयो । प्रधानले कोभिड -१९ नियन्त्रणमा सशस्त्र प्रहरी बल नेपाल अग्र स्थानमा खटेर काम गर्न समेत निर्दैशन दिनु भयो।

    ससस्त्रले कोरोनाबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्डहरु उल्लेखित पम्पप्लेट बाटी जनचेतना कार्यक्रम समेत गरेका छन ।कार्यक्रमलाई सम्बाेधन गर्दै डिआइजी प्रधानले जिल्लामा कृष्णनगर नाका मात्र खाेलिएकाे हुनले काेभिड १९ नियन्त्रण गर्न सजिलाे हुने बताएका छन । कार्यक्रमकाे अध्यक्षता गरेका कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले काेराेना नियन्त्रकमा कृष्णनगर नगरपलिका हातेमालो गर्दै अघि बढेको बताउनु भयो । नगरपलिकाले सबै वडामा ५,५ वेडकाे अाइसुलेसन छिटै संचालनमा ल्याउने नगरप्रमुख शाहले बताउनु भयो ।

    सिमानाकाकाे जिम्मा पाएका सशस्त्र प्रहरीले जनताकाे स्वास्थ्य सुरक्षा र काेराेना बाट बच्नकाे लागि भारतसंग सटेकाे लुम्बिनी प्रदेशकाे भैरहवा,कृष्णनगर तथा नेपालगंजकाे जमुनाहा नाकामा मस्क वितरण तथा जनचेतना कार्यक्रम गर्ने याेजना रहेकाे सशस्त्र प्रहरी बल नेपाल ५ नं. विन्ध्यवासिनी बाहिनीले जनाएकाे छ ।

    कार्यक्रममा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले युनिसेफ मार्फत सशस्त्र प्रहरी बल नेपाल ५ नं. विन्ध्यवासिनी बाहिनीलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएकाे थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं