स्याङ्जा । स्याङ्जा जिल्ला खेलकूद विकास समितीको अध्यक्षमा गिरी प्रसाद गुरुङ उर्फ मोहन गुरुङ मनोनित भएका छन ।
गण्डकी प्रदेश सरकारद्वारा गठित खेलकूद विकास समिती स्याङ्जा जिल्लाको अध्यक्षमा आगामी ४ वर्ष कार्यकालका लागि गुरुङ मनोनित भएका छन । वहा सँगै उपाध्यक्षमा किरण खाण, सचिवमा सितलजगं केसी, कोषाध्यक्षमा बिन्दु काफ्ले लाई मनोनयन गरिएको छ ।
त्यसै गरी सदस्यहरुमा अबिलास गुरुङ,इस्वर पराजुली ,पवन राना , अनिल श्रेष्ठ ,सिर्जना देवकोटा , अंक बहादुर घर्तिमगर , सरु न्याैपाने ,ओममाया राना , बिमल परियार लाई मनोनयन गरिएको जनाइएको छ ।