SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१/१ गते
    १७२० &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत। अग्ला र लामा झलुङ्गे पुलको क्षेत्र भनेर चिनिएको पर्वतको कुश्मा पछिल्लो समय एड्भेन्चर पारखीको आकर्षणको केन्द्र बन्दै गइरहेको छ। यहि माहोललाई मध्यनजर गरेर हार्नेस जिपलाइन प्रालिले रिसोर्ट सहित जिपलाइन, ह्युमन स्लिङसट र सिसाको स्काइ बृजको निर्माण सुरु गरेको छ।

    एकै पटकमा दुई अलग लाइनमा सुपरम्यान र क्लासिक खेल्न सकिने जिपलाइनको ८० प्रतिशत काम सम्पन्न भैसकेको कम्पनीकाअध्यक्ष बिदुर पौडेलले बताए।

    ‘कुश्माको चाक्लेडिलबाट सुरुहुने जिपलाइनले २ पटक कालीगण्डकी नदि क्रस गर्ने हुँदा थप एड्भेन्चर हुन्छ।’ पौडेलले थपे ‘साउने बौरमा बिच डिजाइनमा बन्ने रोसोर्टमा जिपलाइनको ल्याण्डिङ हुने भएकोले थप रोमान्चक हुनेछ।’

    ११ करोड लागानी आँकलन गरिएको परियोजनामा बैशाख भित्र जिपलाइ सुरु गरिने र दोश्रो चरणमा एकै पटकमा चार जना खेल्न मिल्ने खेल्न मिल्ने हाइड्रोलिक पिङ, ह्युमन स्लिङसट, सिसाको स्काइ बृज र स्विमिङ पुल सहितको रिसोर्ट निर्माण गरिने कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिए। करिब ७० जनाको आवासीय क्षमताको बन्ने रिसोर्ट आगामी दशै सम्म निर्माण सम्पन्न गर्ने लक्ष रहेको बस्नेतले बताए।

    राजकुमार बस्नेत, सुनिल सिङ बानिया, बिदुर पौडेल, रामचन्द्र जोशी, सुर्य बहादुर क्षेत्री, नरेन्द्र बहादुर खत्री र सागर जोशी लगानीकर्ता रहेको कम्पनीले कालीगण्डकी नदिमा र्याफ्टिङ समेत सन्चालन गर्ने योजना बनाएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं