SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१२/२७ गते
    ७३७ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत / न्युज डबली अनलाईन न्युज पोर्टलका सम्पादक दुर्गाप्रसाद शर्मा जनसेवाश्री पञ्चम पदकबाट बिभुषित हुनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा शुक्रबार आयोजित बिशेष समारोहमा शर्मालाई राष्ट्रपति बिद्यादेबी भण्डारीलाई पत्रकार शर्मालाई बिभुषित गर्नुभएको हो ।

    पर्वत जिल्लालाई कार्यक्षेत्र बनाएर दुई दशक भन्दा लामो समय देखि पत्रकारिता गर्दै आउनुभएका पत्रकार शर्माले पु¥याएको योगदानको कदर गर्दै नेपाल सरकारले संबिधान दिवसको दिन गत बर्ष असोज ३ गते जनसेवाश्री पदकबाट बिभुषित गर्ने निर्णय गरेको थियो । २०७६ सालमा पदकबाट बिभुषित गर्ने निर्णय भएपनि गत बर्ष कोरोना महामारीका कारण बितरण रोकिएको थियो ।

    पर्वतको कुस्मा नगरपालिका वडा नं १४ आर्थर काहुलेमा जन्मनु भएका शर्मा २०५६ देखि ब्यबसायिक पत्रकारितामा क्रियाशिल हुनुहुन्छ । २०५६ मा न्यु धौलागिरी दैनिकबाट पत्रकारिता शुरु गर्नुभएका शर्मा एक दशक देखि न्यु कालीगण्डकी दैनिकको सम्पादक पदमा पनि कार्यरत हुनुहुन्छ । उहाँ नेपाल समाचारपत्र राष्ट्रिय दैनिकमा पनि २०५६ देखि नै संबाददाताको रुपमा कार्यरत हुनुहुन्छ । शर्माले यस अघि नेपाल वान टेलिभिजन, एबिसी टेलिभिजन, न्युज २४ टेलिभिजन, हिमाल खबरपत्रिका, उज्यालो नेटवर्क, पोखरापत्र दैनिक, ढोरपाटन दैनिक लगायतका सञ्चार माध्यममा समेत काम गरिसक्नुभएको छ ।

    पत्रकारिता क्षेत्र संगै सामाजिक र शैक्षिक क्षेत्रको बिकासमा समेत शर्माको योगदान रहेको छ । कुस्मा नगरपालिका वडा नं १४ आर्थरमा रहेको पञ्चकोशी माध्यमिक बिद्यालयमा बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष भएपछि बिद्यालयलाई कुस्मा नगरपालिका कै नमुना बिद्यालयको रुपमा बिकास गर्न शर्माको महत्वपुर्ण भूमिका रहेको छ । पञ्चकोशी माबिमा कक्षा ५ सम्म मन्टेश्वरी बिधिबाट निशूल्क अध्यापन गराउने, बिद्यालयमा भौतिक पुर्वाधारको बिकास, पुस्तकालय, कम्प्युटर ल्याब, बिज्ञान प्रयोगशाला बनाउने र शैक्षिक सुधारका नयाँ नयाँ कार्यक्रम लागु गरेर बिद्यालयलाई नमुना बनाउनु भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं