SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१२/२३ गते
    ८४३ &#२३४६;&#२३३५;&#२३२५;

    नेपाल पत्रकार महासंघ पर्वतको यहि चैत २५ गते बुधवार निर्वाचन हुँदै छ । आगामी नेतृत्वका लागि पत्रकार सन्तोष थापा र अगन्धर तिवारी छुट्टाछुट्टै प्यानल सहित प्रतिस्पर्धामा उत्रिएका छन् । पत्रकार महासंघ पर्वतमा यस अघि एक/एक कार्यकाल सचिव र कोषाध्यक्षको समेत कार्यभार सम्हालिसकेका थापा नेपाल टेलिभिजन र नयाँ पत्रिका दैनिकमा आवद्ध छन् भने म्याग्दीमा लामो समय पत्रकारिता गरेका तिवारी कान्तिपुर दैनिकमा आवद्ध छन् ।

    नेपाल पत्रकार महासंघ पर्वत शाखाको निर्वाचनमा सन्तोष थापाको नेतृत्वको साझा प्यानलबाट नेपाल पत्रकार महासंघको केन्द्रीय परिषद सदस्यमा रञ्जना खत्री, गण्डकी प्रदेश परिषद सदस्यमा लक्ष्मण सापकोटा, गणेश गिरी र कृष्ण अखेली तथा कार्यसमिति (समावेशी) सदस्यमा लक्ष्मण विश्वकर्मा निर्विरोध निर्वाचित हुनुभएकोमा हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना

    थापा प्यानलको उपाध्यक्षमा नारायण भुर्तेल र महिला उपाध्यक्षमा इन्दिरा तिवारी रहेका छन् । सचिबमा राजबाबु पिसी, कोषाध्यक्षमा डिलबहादुर विक र सहसचिबमा निर्मल पौडेल र दिपेश विक रहेका छन् भने महिला सदस्यमा रमा सुवेदी, दलित सदस्यमा लक्ष्मण सुनार, समावेशी सदस्यमा गिताकुमारी शर्मा तथा खुल्ला सदस्यहरुमा विकासराज पौडेल, महेन्द्रबहादुर जिसी, माधव पराजुली, राजन पौडेल र सुवास लामिछाने रहेका छन् ।

    तिवारी प्यानलको उपाध्यक्षमा उत्तम अधिकारी, महिला उपाध्यक्षमा विष्णु गौतम रहेका छन् । यो प्यानलको सचिबमा रोशन तिवारी, सहसचिबमा संगिता केसी र विशन क्षेत्री रहेका छन् भने कोषाध्यक्षमा साजन परियार रहेका छन् । त्यसैगरी महिला सदस्यमा मिना पराजुली, आदिवासी जनजाती सदस्यमा इन्द्रकुमार विकल्प, अन्य समावेशीमा देवराज पुरी, र खुला सदस्यमा गणेश बहादुर क्षेत्री, सुनिता शर्मा, तुलाराज कुँवर, ठाकुर रसाईली र रामकृष्ण लामिछाने रहेका छन् इन्दिरादेवी शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ  अर्को एक खुल्लामा माया अधिकारी, प्रकाश बराल, र गणेश पौडेलबीच प्रतिस्पर्धा हुँदैछ । य आदिवासी जनजाती सदस्यमा इन्द्रकुमार विकल्प निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचनको सवैजसो तयारी पुरा भएको छ भने बुधवार विहान ९ बजेदेखि मतदान कार्य शुरु हुने र सोहि दिन मतगणना हुने निर्वाचन अधिकृत राजेन्द्र पहाडीले जानकारी दिनुभयो ।
    पर्वत पत्रकार महासंघमा ५४ जना सदस्य आवद्ध रहेका छन्

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं