SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१२/२० गते
    ६०२ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु, । नेपालमा विभिन्न समुदायको बसोबास रहेको छ । जुन समुदायहरु शदियौंदेखि मिलेर बसोबास गर्दै आएका छन् । तर मुस्लिम समुदाय एक यस्तो समुदाय हो जो अहिले एकाईसौं शताब्दीमा आएर पनि विकासको मूलधारमा आउन सकेको छैन ।

    मुस्लिम लगायतका अन्य पछाडि परेका वा पारिएका समुदायलाई विकासको मूलधारमा ल्याउन सक्ने दुई पाटाहरु छन् । यदि यी दुई एक त शिक्षा र अर्को रोजगार पाटालाई आधार बनाइयो भने मुस्लिम समुदाय पनि अरु समुदाय सरह राज्यको मूलधारमा आउन सक्नेछ मुस्लिम समुदाय हरेक क्षेत्रमा पछाडि पर्नुको मुख्य कारण उच्च शिक्षा नहुनु हो जसमा जति कमजोरी समुदायको छ त्यति नै राज्य पनि जिम्मेवार छ

    किनभने राज्यले मुस्लिम मदरसा शिक्षालाई बढोत्तरीका लागि कुनै विशेष योजना लागु गरेको छैन तर मुस्लिम समाजलाई शिक्षा तथा रोजगारीसँग जोड़ि अगाडि बढाउनको लागि लुम्बिनी प्रदेश सरकारले मदरसा बोर्ड गठन गरी मदरसा शिक्षामा आफ्नो लगानी समेत शुरु गरिसकेको छ।

    यसै क्रममा हिजाे लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी (नमूना केसी) ले लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी,सदस्य अनवार अहमद प्रेस सल्लाहकार शहबाज खान लगायतसँग भैरहवामा भेटघाट र बार्ता गरी बाके जिल्ला भित्र रहेका मदरसा र विशेषतः नरैनापुर गाउं पालिकामा रहेका मदरसा तथा प्रदेश भरीका मदरसाहरु लाई थप व्यबस्थित बनाउनको लागि छलफल गिरएकाे थियाे ।

    उनले बाके जिल्लामा आएर मदरसा व्यबस्थापन समितिका पदाधिकारी तथा सर्वसाधारणहरुसँग भेटघाट गरी ब्यबस्थित बनाउनको लागि कुन बाटो जादा प्रभावकारी बन्ना सक्छ भन्ने बिषयमा सुझाव सल्लाह लिन‌ वा दिनको लागि लुम्बिनी प्रदेश सभा सदस्य केसीले निमन्त्रण समेत दिएका छन्। त्यस अवसरमा मुस्लिम बाहुल्य प्रदेशहरुमा मदरसा बोर्ड गठन गरेर मदरसा शिक्षालाई मुलप्रवाहिकरणमा ल्याइ थप प्रभावकारी बनाउने बिषयमा पनि सबैले जोड़ दिएका थिए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

    पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिला...

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक...

    पर्वतमा एसइईको तयारी पुरा, एक हजार आठ सय १४ विद्यार्थी सहभागी हुदै

    पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं