SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१२/१८ गते
    २१२८ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द, पर्बत  । राष्ट्रिय सभा अध्यक्ष भलिबल कपको उपाधि जिल्ला भलिबल संघ,पर्बतले उचालेको छ । पर्बतको मोदी गाउँपालिका बडा न.-७ राम्जादेउरालीमा सम्मपन्न हिजो भएको फाईनल खेलमा जिल्ला भलिबल संघ,पर्बत ले बाग्लुंग भलिबल संघ लाई निकै रोमान्चक खेलमा हरायो । जिल्ला भलिबल संघ, पर्बतले  बाग्लुंग भलिबल संघलाई ३-१ को सोझो सेटमा हरायो । पहिलो सेट बाग्लुंग भलिबल संघले जिते पनि जिल्ला भलिबल संघ,पर्बतले उत्कृष्ट पुनरागमन गर्दै ३ सेट लगातार जित्यो र उपाधि माथी कब्जा जमायो। चैत १३ गते देखि सुरु भएको भलिबल प्रतियोगिताको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गर्नु भएको थियो ।

    उपाधि संगै जिल्ला भलिबल संघ,पर्बतले१,५००००/ (एकलाख पचास हजार, सिल्ड मेडल र प्रमाणपत्र) प्राप्त गर्यो भने उपविजेता बाग्लुंग भलिबल संघले १,००,०००/ (एकलाख, सिल्ड मेडल र प्रमाणपत्र) मा चित्त बुझायो भने तेस्रो स्थानको लागी भएको खेलमा म्याग्दीले स्याङ्जा लाई पनि३-१को सोझो सेटमा हराउदै  ५०,०००/ (पचास हजार, सिल्ड मेडल र प्रमाणपत्र) प्राप्त गरेको जानकारी हाम्रो सूचनाकेन्द्र डटकम लाई जिल्ला भलिबल संघ,पर्बतका टिम ब्यबस्थापक पुष्प भुषालले बताउनु भयो । “निकै कडा मिहेनतले गर्दा आज यो उपाधि उचाल्न सक्यो” भन्दै जिल्ला भलिबल संघ,पर्बतका टिम कोच लक्ष्मण श्रेष्ठले खुसी व्यक्त गर्नु भयो भने असिस्टेन्ट कोच समिर जोशीले अन्तिम समयमा आएर खेलमा सहभागी भए पनि उपाधि जित्न सफल जित्न सफल भएकोमा खेलाडीहरुको मेहेनतले सफल भएको जानकारी गराउनु भयो।उक्त प्रतियोगितामा गण्डकी प्रदेशका पाँच जिल्ला हरुको सहभागी रहेको थियो भने बिजयी टिमलाई मोदी गाउँपालिका अध्यक्ष प्रेम पौडेलले पुरस्कार वितरण गर्नु भएको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं